राजनीति

    Showing 6,431-6,440 of 10,441 items.
  • माधव नेपालले विश्वासको मत लिने प्रधानमन्त्री खोई भन्दै खोजेपछि...

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजी गरेका हुन्।'मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ। उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपर्थ्यो। अरुका वचनहरु सहन नसकेक

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 273 पटक पढिएको
  • कांग्रेस र एमालेमात्र भएको यो देश कस्तो होला ?

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले साना दलले नभई कांग्रेस-एमालेकै क्रियाकलापले देशमा अस्थिरता देखिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला भन्दै प्रश्न गरेका हुन्।‘यो गठबन्धनले दुई दलीय व्यवस्थामा मुलुकलाई लानुपर्छ। त्यो नगरी मुलुकमा स्थिरता कायम हुँदैन भन्नुभयो तर, कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला ? अहिले अरु दल हुँदा त यस्तो छ। कस्तो हुन्छ होला त, त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्र

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 304 पटक पढिएको
  • ओलीको नियुक्तिसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।नेपालको संविधानको धारा ७६-२ बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए। यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भनेको हो।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 351 पटक पढिएको
  • सार्वजनिक भयो कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

    काठमाडौँ- नयाँ सरकार बन्नुअघि कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गत असार १७ गते मध्यराति दुई दलबिच सहमति जुटेर ७ बुँदे सहमति भएपनि हालसम्म सार्वजनिक भएको थिएन। यस्ता छन् सहमतिका ७ बुँदा १. आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराइ संविधानको धारा ७६-२ अन्तरगत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।२.

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 441 पटक पढिएको
  • लुम्बिनीमा पनि मुख्यमन्त्री महराले दिए राजीनामा

    रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।  अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन्।सदनमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे। सरकारबाट हटेपनि एमालेले कुनै आरोप नलगाएको उनको भनाइ थियो।‘विश्वासको मत फिर्ता पनि यो संकेत आएको थियो उहाँहरुबाट। प्रदेशमा केन्द्रमा जे हुन्छ, त्यो हुन्छ भन्दै आएको छौं’ उनले भने। ‘काठमाडौंमा पानी पर्दा देउखुर

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 467 पटक पढिएको
  • राप्रपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११:३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराए । आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछ । शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिइसकेको थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 287 पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, एजेण्डा के छन् ?

    काठमाडौं–नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा बस्न लागेको छ । संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय गर्नेछ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।&

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 296 पटक पढिएको
  • प्रधानमन्त्री ओलीलाई नेकपा एसले मत नदिने

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विश्वासको मत नदिने भएको छ । नेकपा एसले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको हो । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको मेटमणि चौधरीले जानकारी गराए । उनका अुसार सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने उनको भनाई थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 336 पटक पढिएको
  • विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल, दाबी पेस गर्ने कांग्रेसको तयारी

    काठमाडौं–केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 286 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैँ, अंकगणित के छ ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ । सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप ज

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.