काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजलास गठन गरेका छन् । कानुन व्यवसायहरुको विरोधबीच प्रधानन्याधीश जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् । नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ । कानुन व्यावसायहरुले प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै गत कात्तिक १४ गते द
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन गर्दा भक्तपुरमा विवाद भएका कारण सो जिल्लामा भने नेतृत्व चयन भएको छैन । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।
काठमाडौं / बारको विरोधमा प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालत अगाडि बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए । प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरूलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दि
काठमाडौँ / नेपाल बार एसोसिएसनको अगुवाइमा आज (आइतबार) पनि वकिलहरूले प्रदर्शन गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेका कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन सर्वोच्च पुगेका छन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च प
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि दाहाललाई शनिबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो । शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको उनकी छोरी रेनु दाहालले जानकारी दिइन् ।
काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् ।महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।“हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ ।” अध्यक्ष ओलीको सन्देशमा भनिए
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पत्रकारहरूलाई रक्सी नखाई निष्ठावान् बनेर पत्रकारिताको धर्म निभाउन सुझाव दिएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई सो सुझाव दिएका हुन् । ‘पत्रकार साथिहरुले साँझ पर्ने बितीकै होटल नधाई र निष्ठावान् बनेर पत्रकारिताको धर्म निभाउनुस् ।’ अध्यक्ष नेपालले भने, – ‘पत्रकार भनेको जनतालाई सुसुचित गर्ने काम मात्रै होइन देशलाई मार्गदर्शन गर्ने माध्यम हुनुपर्छ ।’अध्यक्ष नेपालले पत्रकारले प्रतिगामी तत्त्वहरूको जरो उखेल्नु पर्ने र गलत
काठमाडौं / नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरु हुँदैछ । आज कांग्रेसको १० जिल्लामा वडा अधिवेशन हुने भएको हो । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा दश जिल्लामा आज अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आज डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रौतहटमा वडा अधिवेशन हुने र सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।तर वडा अधिवेशन हुन बाँकी रहेको पर्सा, सर्लाही र रसुवामा भने आज अधिवेशन नहुने समितिले जनाएको छ । क्रियाशील सदस्यत
काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका नेताहरूको नीतिगत बहसभन्दा नेतृत्वकै वढी चर्चा हुने गरेको छ । पार्टीका नेताहरूले केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय रहे पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा भने अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा छलफल सुरु नै गरेका छैनन् । पार्टीका नेताहरूले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने ध्यान दिएका छैनन् ।महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले आज (शनिबार) बाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । समाजवादी केन्द्रीय कमिटी बैठक आज र भोलि दुई दिन बस्दैछ । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.