राजनीति

    Showing 6,481-6,490 of 9,638 items.
  • केपी ओली र भानुभक्त ढकाल जीवित रहेसम्म यो क्षेत्रमा मेडिकल कलेज आउँदैनः डा.सुनिल शर्मा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वमन्त्री भानुभक्त ढकाल जीवित रहेसम्म यस क्षेत्रमा मेडिकल कलेज नआउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा .शर्माले आफूले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स लिने प्रकृया अगाडि बढाएकोमा तत्कालीन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले असहयोग गरी लाइसेन्स रोकेको बताए । दुई तिहाइ बहुमत सहितको एमाले नेतृ

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 92 पटक पढिएको
  • देउवा र प्रचण्ड नक्कली ‘आउट डेटेड’ औषधि हुन् एमाले : अध्यक्ष ओली

    चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली ‘आउट डेटेड’ औषधि भएको आरोप लगाएका छन् । नेकपा एमालेको चितवनको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई एउटा काम गरेको देखाउन चुनौती दिए । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम गरेको देखाइदिनुस् ? मञ्चमा भाषण गर्दा एमाले अध्यक्षले के काम गर्नुभयो भनेर सोध्नुभएको थियो, मैले यो गरेँ भनेर भनिदिनुस् । मञ्चमा भन्न गाह्रो भए टेलिभिजनमा भन्दिए पनि हुन्छ । ’अध्यक्ष ओलीले अहिलेको गठबन्धन चारतिर फर्केका र उनीहरूको फरकफरक

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 95 पटक पढिएको
  • डा. तोसिमाको उम्मेदवारी कायम राख्न आयोगलाई सर्वोच्चको आदेश

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर –३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।डा. तोसिमाले आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिल

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 94 पटक पढिएको
  • को हुन् झापा -४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार देउमान थेवे

    इन्दु पूर्वेली/मनोज बस्नेत / चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । नेपाली कांग्रेस झापाका सभापति रहेका थेवे नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस लगायतका दलहरू सम्मिलित गठबन्धनका साझा उम्मेद्वार हुन् । ताप्लेजुङको तत्कालीन आम्बेगुदिन गा.वि.स मा बसोबास रहेकै बेला २०३६ सालमा नेविसङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्–देउमान । सपरिवार बसाइ सरेर २०३८ सालमा झापाको कुमरखोदमा आएपछि २०४२ सालबाट झापा कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 110 पटक पढिएको
  • पार्टीविरोधी गतिविधि गर्ने कांग्रेसका ५ नेता कार्यकर्ता पार्टीबाट निष्कासन

    काठमाडौं / पार्टीविरोधी गतिविधिमा गर्ने ५ जनालाई नेपाली कांग्रेसले पार्टीबाट  निष्कासन गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव  र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य  विरेन्द्रप्रसाद यादवलाई निष्कासन गरेको हो । यस्तै बारा जिल्ला समिति सदस्य  रामएकवाल प्रसाद यादवलाई पनि निष्कासन गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 97 पटक पढिएको
  • गोरखा -२ मा अब्दुस मियाँको टोलीमाथि आक्रमण

    झापा / नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर -२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले आक्रमण गरेको अब्दुसले बताएका छन् । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिर अब्दुसले सार्वजनिक गरेका छन् । गोरखामा हाम्रो टिममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकी ३ जना फरार भएका छन् ।’ गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन् ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 98 पटक पढिएको
  • निर्वाचन गतिविधिको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै कांग्रेस

    काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले पत्रकार सम्मेलनको आयोजना गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए । समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन -२०७९ को विषयमा भइरहेका पार्टी गतिविधिको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 94 पटक पढिएको
  • मतदानको ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक

    झापा / आयोगले आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्न रोक लगाउने निर्णय गरेको हो ।मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न आयोगले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको छ ।समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 101 पटक पढिएको
  • एमालेले प्रभु साहकी श्रीमतीसहित पाँच जनप्रतिनिधिलाई सोध्यो स्पष्टीकरण

    काठमाडौँ /  स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।एमालेले प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवाललाई स्पष्टीकरण सोधेको हो ।  पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै एमालेले स्पष्टीकरण सोधेको बताइएको छ । उनीहरूलाई एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 91 पटक पढिएको
  • उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्छौँः डा.सुनिल शर्मा

    मोरङ / मोरङको निर्वाचन क्षेत्र नम्बर -३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियमविपरीत मानव बस्तीमा सञ्चालित उद्योगधन्दाबाट उत्सर्जन हुने रसायनका कारण मानव स्वास्थ्यमा क्यान्सरजस्ता प्राणघातक रोगहरूको संक्रमण हुने गरेको भन्दै आफूले त्यस्तो अवस्थाको अन्त्य गर्ने उल्लेख गरे ।बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 101 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.