राजनीति

    Showing 6,531-6,540 of 9,640 items.
  • ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालमा भर्ना , स्वास्थ्य अवस्था जटिल

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन : जटिल बनेको छ । केही समय अघिमात्रै अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् 

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 124 पटक पढिएको
  • देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

    बेलबारी  / पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी -३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।उनले भने म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्‍यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिए

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 107 पटक पढिएको
  • तीन कम्युनिष्ट पार्टीद्धारा आन्दोलनको घोषणा

    काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।निर्वाचन खारेजी र बहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४ गते देखि ३० गतेसम्म काठमाडौं लगायत बुटवल, इटहरी, बर्दि

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 97 पटक पढिएको
  • एमालेका एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

    झापा / सिराहामा नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोल बजार -४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे । उनीहरू गोल बजार -४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन् ।नव-आगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन् । उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 122 पटक पढिएको
  • पार्टीमा आन्तरिक समस्या छैन् : डाक्टर शर्मा

    बेलबारी  / मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए । उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने – पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्ध

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 97 पटक पढिएको
  • माओवादीका कार्यकर्ताले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    सर्लाही  / नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले राजमार्ग बन्द गरेका हुन् ।सर्लाहीकी बलमाथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचार प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।पौडेललाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । उनले उम्मेदवारमाथि सांघातिक आक्रमण गर्नुका साथै निर्वाचन बिथोल्ने किसिमको क्रियाकलाप गरेकोमा आवश्यक कारबाही

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 118 पटक पढिएको
  • घरदैलोमा पुग्दा रेखाको पक्षमा महिलाहरूको नाराबाजी

    विराटचोक  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर -३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा -१२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् धेरै पटक अरूलाई हेर्यौ अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हे

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 110 पटक पढिएको
  • जसपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, सबै नागरिकलाई नागरिकता (पूर्णपाठसहित)

    झापा  / जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले शनिबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।जसपाले घोषणा पत्रमा पूर्णसमानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उल्लेख गरेको छ।यस्तै, भ्रष्टाचार अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैंगिक विभेदको अन्त्य गरी युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गर्ने पनि जसपाले प्रतिबद्धता व्यक्त गरेको छ।कृषि क्षेत्रको विकासका लागि भूमि

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 110 पटक पढिएको
  • झापा –३ : सिटौला र लिङ्देन दुवैलाई चुनाव जित्न चुनौति (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / निर्वाचनको मिति नजिकिसँगै झापा क्षेत्र नम्बर –३ मा आम चासो बढ्न थालेको छ । दुई हेभिवेट नेताहरू अलग अलग विचारको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका कारण यतिबेला सबैको ध्यान क्षेत्र नम्बर –३ मा परेको हो । कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई यसपटक परिणाम आफ्नो पक्षमा पार्नुपर्ने चुनौति छ । राप्रपाले झापाको –३ नम्बर क्षेत्रलाई आफ्नो राजधानीको रुपमा लिएको छ । नेता लिङ्देन पार्टी अध्यक्ष बनेपछि चौथो पटक यस क्षेत्रबाट कांग्रेस नेता सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसभित्र कूटनी

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 228 पटक पढिएको
  • झापा –५ मा गठबन्धनले सार्वजनिक गर्याे साझा प्रतिबद्धतापत्र

    बिर्तामोड  / नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितको लोकतान्तिक–वाम गठबन्धनले झापा क्षेत्र नम्बर ५ को साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । गठबन्धनका उम्मेदवारहरूले दमक –६ सिद्धि मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि ४० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । क्षेत्र नम्बर –५ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ डा. खगेन्द्र पाण्डव अधिकारी, समानुपातिकमा अईन्द्र विक्रम केरुङ, प्रदेशसभामा प्रत्यक्ष तर्फ गगन पुरीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।प्रतिनिधि

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 122 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.