राजनीति

    Showing 6,541-6,550 of 7,770 items.
  • बेलायत जस्तो मित्र पाउनु गौरवको विषय : प्रधानमन्त्री

    लण्डन  / प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य(बेलायत)को संसदले विभिन्न समयमा नेपालप्रति देखाएको सदभाव र ऐक्यबद्धताले दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताएका छन् ।बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६)को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन लण्डन आएका प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार आयोजना गरेको स्वागत समारोहमा नेपालको विकासमा बेलायत र बेलायती जनताले देखाएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।कोभिडको समयमा बेलायतका सांसदहरुले नेपाल

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 82 पटक पढिएको
  • माघ मसान्त सम्ममा सुकुम्बासीले धनीपूर्जा पाउँछन् : खड्का

    बिर्तामोड / राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले माघ मसान्त भित्र सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा शनिबार बिर्तामोडमा भएको भूमि समस्या तथा समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् । उनले भने  ‘आयोगले माघ मसान्त भित्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपूर्जा वितरण गर्छं ।’   खड्काले केपी ओली नेतृत्व सरकारको पालामा आयोगले गतिशील काम गर्न नसकेको आरोप लगाउँदै आयोगले सुकुम्बासीलाई लालपूर्जा दिन नचाहेकोसमेत बताए छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 209 पटक पढिएको
  • अग्‍नि सापकोटा संसदीय व्यवस्थाका कलंक : ओली

    काठमाडौँ  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।ओलीले भने, –‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलङ्कलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेले जित्नुपर्छ ।’ तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 97 पटक पढिएको
  • दुई गाँस भात खानेलाई चाहिँदैन करोडौँको भाँडाकुँडा : ओली

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको खण्डन गरेका छन् । ओलीले शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै यो विरोधीहरूले लगाएको आरोप मात्र भएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटालीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’तर, सो विषयको खण्डन गर्दै भनेका छन्, – ‘मेरो श्रीमतीले पकाएको खान खाएर बस्छु

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 95 पटक पढिएको
  • प्रहरीको झडपमा परी सीके रउतका कार्यकर्ता घाइते

    काठमाडौँ / रौतहटमा सीके राउतको जनमत पार्टीका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । सदरमुकाम गौरमा कार्यकर्ताले निकालेको मसाल जुलुस प्रदर्शन गर्न खोज्दा उनीहरुबीच झडप भएको हो ।घाइते हुनेहरूम अर्जुन कुशवाहा, इन्ताजुल मिया, अरुण यादव, छोटु रजक, रामप्रकाश ठाकुर लगायतका कार्यकर्ता छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा मसाल जुलुस राखिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 111 पटक पढिएको
  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

    काठमाडौं / निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्नेभएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिएका छन् । उनले भने, “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानुनी व्यवस्थालाई टेकेर आउँ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 75 पटक पढिएको
  • मन्त्रालय भागबन्डा नमिल्दा प्रदेश २ सरकार अन्योलमा

     जनकपुरधाम  / दशैं सम्पन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् । तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन।मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएका छन् । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा (एस) इच्छुक देखिएको छैन।जसपाको भागमा रहेको महत्वपूर्ण मन्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 102 पटक पढिएको
  • स्वतन्त्र न्यायालयको पक्षमा सरकार : सञ्चारमन्त्री कार्की

    काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध  रहेको बताएका हुन् ।वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए । उनले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पारे ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 99 पटक पढिएको
  • काँचो धागोले बाँधेको गठबन्धन होइन : अध्यक्ष नेपाल

    विराटनगर  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।विराटनगर विमानस्थलमा आज(शनिबार) बिहान सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाएका छन् ।प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 77 पटक पढिएको
  • प्रधानमन्त्री देउवा लण्डनमा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन पुगेका छन् । देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन लण्डन पुगेका हुन् । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा नेपाल आउने छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 87 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा