राजनीति

    Showing 6,551-6,560 of 7,770 items.
  • राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमणमा

     मुस्ताङ / हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेकी छिन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुगेकी हुन् ।  बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रपति सवार हेलिकोप्टर ल्यान्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकारी दिएका छन् ।हिन्दु तथा बौद्धमार्गीहरूको पवित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दिरमा पूजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 118 पटक पढिएको
  • तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने : मन्त्री पौडेल

    काठमाडौं  / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताएका छन् । उनले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताए ।वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताए । उनले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिमेकी राष्ट्रसम्मको पहुँच भएको मधेशका भू–भागमा जबसम्म विकास र समृद्धका नयाँ मार्गचित्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 76 पटक पढिएको
  • पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

    काठमाडौं  / रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए ।सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो । उनले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 77 पटक पढिएको
  • पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको चेतावनी

    काठमाडौं  / नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबारबाट धर्ना दिने भएको छ ।नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी आइतबार देखि बुधबार सम्म पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उपाध्यक्

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 95 पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

    काठमाडौँ / संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले हिजो बिहीबारमात्रै कात्तिक २९ गतेसम्मको लागि लागि प्रतिनिधि सभाको बैठक अन्त्य भएको जानकारी गरेका थिए । तर, हिजो नै संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्‍यो । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको थिएन ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 90 पटक पढिएको
  • माओवादीले देशको भविष्य निर्माण गर्छ : प्रचण्ड

    चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका हुन् ।उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उहाँले सबै कार

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 76 पटक पढिएको
  • बार परिसर भित्र दुई अधिवक्ताबीच मुक्का हानाहान (भिडियाे सहित)

    बिर्तामोड / नेपाल बार एशोसिएसन परिसरभित्र दुई जना कानुन व्यवसायीबीच मुक्का हानाहान भएको छ ।शुक्रबार बार एशोसिएसनको बैठक चलिरहेका वेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको हो ।  अधिवक्ता चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिँइरहेका बेला अधिवक्ता न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् । अधिवक्ता न्यौपानेको मुक्का प्रहारबाट आफ्नो कोट च्यात्तिएको बताउँदै चुँडालले कानुनी बाटोबाट न्याय खोज्ने बताएका छन्।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 104 पटक पढिएको
  • स्पेनी सभामुख र ओलीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ  / नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन देल्गाडो र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच शिष्टाचार भेटवार्ता भएको छ । स्पेनकी सभामुखले आज शुक्रबार ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी छिन् ।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 81 पटक पढिएको
  • ओलीले न्यायालयमाथि नै हिलो छयाप्ने काम गरे : नेपाल

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायालयमाथि नै हिलो छयाप्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले ओलीलाई यस्तो आरोप लगाएका हुन् । संविधान मिचेर गत पुस ५ र जेठ ७ गते ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको नेपालले बताए । उनले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । उनले भने, –‘हामीसँग सही विचार र देशलाई माया

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 84 पटक पढिएको
  • प्रधानमन्त्री देउवा वर्ल्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरे ।प्रध

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा