राजनीति

    Showing 7,131-7,140 of 10,442 items.
  • चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

    झापा / मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज बुधबार सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव –२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 112 पटक पढिएको
  • सरकारमा सहभागी हुने लोसपाको निर्णय

    काठमाडौँ / नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्ने भएको छ ।लोसपा शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनसँग चुनावी तालेमल गरेको कारण नयाँ बन्ने सरकारलाई समर्थन गर्ने जनाइएको छ ।नयाँ सरकारमा सहभागि हुनेबारे पार्टीभित्र एकमत रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रतिनिधिसभा अन्तर्गत ४ सिट जितेको छ ।

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 106 पटक पढिएको
  • अध्यादेश तत्काल फिर्ता लिनकांग्रेसका महामन्त्री गगन थापाको माग

    काठमाडौं  / अध्यादेश तत्काल फिर्ता लिनकांग्रेसका महामन्त्री गगन थापाको माग छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गरेका हुन् ।उनले लेखेका छन् ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’कांग्रेसका अर्का महामन्त्

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 91 पटक पढिएको
  • रेशम चौधरी छुट्ने भन्दै फूलमालासहित कारागार पुगे कार्यकर्ता

    काठमाडौँ / टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने हल्लाले नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता डिल्लीबजार कारागार पुगेका छन् । सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि डिल्लीबजार कारागार पुगेका हुन् ।  २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।आइतबार ब

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 105 पटक पढिएको
  • आमनिर्वाचन –२०७९ : प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

    झापा /  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ भन्दा समानुपातिक समानुपातिक निर्वाचनमा बढी मत बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ पाँच दशमलव शून्य छ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएको थियो भने समानुपातिकतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएको थियो । प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक करोड १० लाख ३४ हजार पाँच सय अर

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 64 पटक पढिएको
  • ‘सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिच्यो’

    झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिचेको आरोप लगाएका छन् ।उनले सामाजिक सञ्जालमा अध्यादेशको विरोध जनाउँदै सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका हुन्।‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १–२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।’  लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्।सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबा

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 99 पटक पढिएको
  • विद्रोहीलाई छुटाउन अध्यादेश ल्याइएकोमा विश्वप्रकाश शर्माको आपत्ति

    काठमाडौं / कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक उन्मुक्ति पार्टी र विप्लवका नेता लगायत विद्रोहीहरूलाई आममाफी दिने गरी अध्यादेश ल्याउने तयारी गरेकोमा आपत्ति जनाएका छन् । अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच सरकारले कुनै छलफल नगरेकोमा उनले तीव्र असहमति जनाएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेलमा रहेका रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन नयाँ अध्यादेश ल्याउने निर्णय गरेको थियो। ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति’, सरकारको निर्णय प्रति असन्तुष्टि जनाउँदै शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमणकालमा अध्य

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 116 पटक पढिएको
  • ‘माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी छ’

    काठमाडाैँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्षले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । उनले त्यसका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह पनि गरे ।नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको उनको भनाई थियो । अध्यक्षले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही ग

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 185 पटक पढिएको
  • समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, भोलिसम्म सच्याउन सकिने

    काठमाडौं / सात वटा राजनीतिक दलहरूले समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर दलहरूले शनिबार प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जना सांसदहरूको नाम सिफारिस गरेका गरेका हुन् ।  निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज (आइतबार) बाट सुरु गर्ने भएको छ।दलहरूले समानुपातिक सांसदहरूको बुझाएको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय समेत दिएको छ। समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबारसम्म समय दिएको हो ।प्रतिनिधि सभामा १ सय १० सिट

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 113 पटक पढिएको
  • भुसाल र साह एमाले पार्टीबाट निस्कासित

    काठमाडाैँ / एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।भुसालले पार्टीले  टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी  दिएका थिए ।पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधर

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • 499 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.