राजनीति

    Showing 7,941-7,950 of 10,447 items.
  • नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

    काठमाडौं  /  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहित तीन जनालाई आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।केही दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन्। बास्तोला उक्त पार्टीको संयोजक हुन्। बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 131 पटक पढिएको
  • मौन अवधिमा भोट मागेको भन्दै माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

    खोटाङ  / खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ । हलेसी तुवाचुङ –७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेका हुन् । बुधबार हलेसी बजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा आफूमाथि कुटपिट भएको राईको दावी छ । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बसिरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दीपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 126 पटक पढिएको
  • जेठ ७ गते संसद्‌मा नीति तथा कार्यक्रम पेश गर्दै सरकार

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्‌मा प्रस्तुत गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्‌मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।  संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने पाण्डेले बताए।प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 123 पटक पढिएको
  • कुर्मीको निधन भएपछि जेठ ३ गतेलाई सर्यो निर्वाचन

    कपिलवस्तु / उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गतेका लागि सारिएको छ ।निर्वाचन कार्यालयका अनुसार सो नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन सारिएको हो ।निर्वाचन कार्यालय महाराजगन्जले ३ जेठमा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । कार्यतालिका अनुसार आज (बुधबार) मनोनयन दर्ता गरिँदैछ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 175 पटक पढिएको
  • सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

    काठमाडौँ  / गोरखामा सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको श्रेष्ठले बताए । उनलाई घ्याल्चोक प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 110 पटक पढिएको
  • अपहरण गरी महिलाको हत्या गरेको आरोपमा माओवादी नेता पक्राउ

    रुकुम पूर्व / महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।१९ वैशाखमा टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका कुमार सिंह बुढा, पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा र अर्जुन बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 115 पटक पढिएको
  • ​​​​​​​पुण्य गौतम एमालेमा प्रवेश

    काठमाडौँ  / नेकपा (एकीकृत समाजवादी)का  केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लाे समय सामाजिक सञ्जालमा भाइरलम्यनका रुपमा समेत परिचित गौतमले एकीकृत समाजवादी परित्याग गरी आज (मंगलबार) एमाले प्रवेश गरेका हुन्  काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । गौतमसँगै साहित्यकार चन्द्रमणि भट्टराई पनि एमाले प्रवेश गरेका छन् ।ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।सभामा सम्बोधन गर्ने क्रममा गौतम

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 115 पटक पढिएको
  • अहङ्कारले कसैको पनि हित गर्दैन : महामन्त्री शर्मा

    बिर्तामोड / नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचनमा ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । संयुक्त गठबन्धन  बिर्तामोडले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कुनै पनि प्रकारको अहंकार नदेखाई मतदाताहरूसँग भोट माग्न काँग्रेस र  माओवादी नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई आव्हान गरेका हुन् । उनले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताउँदै शर्माले गठबन्धन  बारे स्पष्ट समेत परेका छन् । ‘कांग्रेसलाई एक्लै चुनाव लडौं भन्ने नला

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 104 पटक पढिएको
  • मन्त्री मनाङे विरुद्ध कर्तव्य ज्यानको मुद्दा सर्वोच्चमा

    काठमाडौँ / राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको कुर्सीमा दोस्रो पटक रहेको समयमा उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको छ । गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा उनी विरुद्ध कर्तव्य ज्यानको मुद्दा पेसीमा चढेर स्थगित भएको हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै  सर्वोच्चले ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।त्यही समयमा मनाङबाट  प्रदेश संसद्मा निर्वाचन निर्वाचित भएका उनी निर्वाचित भएको ५ महिनामै पक्राउ परेर ८ महिनाको कैद

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 136 पटक पढिएको
  • एकीकृत समावादीका गाउँपालिका अध्यक्ष उम्मेदवार एमालेमा प्रबेश

    बिर्तामोड /  गौरीगञ्ज गाउँपालिकामा  नेकपा एकीकृत समावादी बाट अध्यक्षको  उम्मेदवार  बनेका भूपनारायण राजवंशीका एमालेमा प्रबेश गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् ।एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.