काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पछिल्लाे समय सामाजिक सञ्जालमा भाइरलम्यनका रुपमा समेत परिचित गौतमले एकीकृत समाजवादी परित्याग गरी आज (मंगलबार) एमाले प्रवेश गरेका हुन्
काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । गौतमसँगै साहित्यकार चन्द्रमणि भट्टराई पनि एमाले प्रवेश गरेका छन् ।
ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।
सभामा सम्बोधन गर्ने क्रममा गौतमले अध्यक्ष ओलीको स्थान रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङको जस्तै भएको बताए ।






































