राजनीति

    Showing 861-870 of 7,637 items.
  • गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द

    सिरहा— गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् ।युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 234 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको गतिविधि रोक्का गर्न माग गर्दै जनकपुरधामका विभिन्न युवा संगठनमा आवद्ध युवाहरुले माग गरेका छन्सर्वोच्च अदालतले नीतिगत तथा दिर्घकालिन प्रभाव पार्ने निर्णय गर्न रोक लगाएको मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का राख्न माग गर्दै सात दल निकट युवा संगठनहरुले बिहीबार (आज) मेधश प्रदेशका प्रदेश प्रमुख डां सुरेन्द्र लाभ कर्ण समक्ष माग गरेको छ ।युवाहरुले प्रदेश प्रमुख डा. लाभलाई ज्ञापन पत्र बुझाउदै सर्वोच्च अदालतको आदेशले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संसदीय लोकतन्त्रको मूल्य, मान्यता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको प्रथम दृष्टिमै पुष्

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 252 पटक पढिएको
  • सिमरामाको घटनाबारे नागरिक समूहले भन्योः निर्वाचन खतरामा पर्नसक्छ

    काठमाडौं— बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ ।नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ ।सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ ।जेन–जी सम

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 187 पटक पढिएको
  • सिमरा घटनाः दुवै पक्ष संवादतर्फ उन्मुख

    बारा— बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन ।जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई  जेनजी समुहले स्वीकार गरेपनि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।यद्यपि, बार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरुको अडान छ । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रश

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 162 पटक पढिएको
  • सिमरा घटनाः अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

    रौतहट— बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्य

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 283 पटक पढिएको
  • जारी बैठकबाट कांग्रेस एकढिक्का, महाधिवेशन र फागुन चुनावमा सशक्त रूपमा प्रवेश: युवा नेता नैनसिंह महर

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्। जारी केन्द्रीय समिति बैठकबाट वर्तमान सन्दर्भमा उठेका सबै आवाजलाई आत्मसात् गर्दै सर्वसम्मत निर्णयका साथ पार्टी एकतावद्ध हुने वातावरण बन्दै गएको उनले दाबी गरे।नेता महरले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन पक्षीय अन्य नेताहरूसँग नियमित तथा छुट्टाछुट्टै संवाद गरेका थिए। यसै गरि बिशेष महाधिवेशन पक्षधर संग पनि छलफल गरेका थिए ।ती भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले देश र कांग्रेस अगाडि जटिल समस्या रहेकाले पार्टीले नेतृत्व

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 272 पटक पढिएको
  • सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैनः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् ।उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।’ प्रधानमन्त्री कार्कीले गृह प्रशासन र

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 245 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।  बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला/विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 227 पटक पढिएको
  • अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान, कुल रकम ७४.७ करोड डलर पुग्यो

    काठमाडौं— नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहु

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 297 पटक पढिएको
  • नेकपा एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं— आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुदैछ । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 193 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा