काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सतर्क हुनुपर्ने धारणा राखे। उनले भने,‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–जिस्क्याइ सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं।’ दुलालले आफ्नो पार्टीको संसदीय उपस्थित
काठमाडौं— तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।कार्यक्रमलाई नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार न
काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसू
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गर्दै रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।उनले लेखेका छन्, ‘हिजो ‘नो भोट’ को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयोरु ‘नो भोट’ को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन्।’पोखरेलले उक्त प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदानमा अपेक्षाभन्दा निकै कम प्रतिनिधिको सहभागिता देखिएको छ। केन्द्रीय सदस्य चयनमा उल्लेख्य उपस्थिति जनाएका प्रतिनिधिहरूमध्ये ठूलो संख्या पदाधिकारी निर्वाचनअघि नै मतदानस्थलबाट फर्किएपछि मतदाता सहभागिता ह्वात्तै घटेको हो।निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारीतर्फ कुल १ हजार २८९ मत खसेको छ। यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा भने २ हजार ९५९ मत खसेको थियो। यस आधारमा हेर्दा पदाधिकारी निर्वाचनमा १ हजार ६७० जना कम प्रतिनिधिले मात्रै मतदान गरेका छन्।यसले पदाधिकारी चयन प्रक्रियामा प्रतिनिधिहरूको सहभागि
काठमाडौं— भारतले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारबाट समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता आएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिने जानकारी दिएपछि उद्योगीहरू सकारात्मक बनेका छन्। उद्योगीहरूले सरकारले समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याएका हुन्। हाल झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्।भारतको चिया बोर्डले गुणस्तर परीक्षणका लागि नया
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार (आज) साँझ हुने भएको छ।चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण हुन लागेको हो।सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिल जनाएको छ।महाधिवेशन आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। आइतबारदेखि सुरू भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार सम्पन
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिने भएका छन्।मदन भण्डारी फाउण्डेशनले आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।गोष्ठीमा पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल
काठमाडौं— उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको माग गर्दै सुकुम्वासीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट वैकल्पिक व्यवस्था नगरी बाहिरिन निर्देशन दिइएको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न दिइएको समय असार १९ गतेसम्म थप गरेको छ। उपत्यकाका नदी किनारका बस्तीहरू गत वैशाखमा हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।समितिले घरभाडाको व्यवस्था गरिने जानकारीसहित होल्डिङ सेन्टर खाली गर्न भन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.