राजनीति

    Showing 9,181-9,190 of 10,447 items.
  • आन्दोलनकाबीच प्रधानन्यायाधीशले तोके ६ इजलास

    काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि ६ वटा इजलास गठन गरेका छन् । न्यायाधीश र नेपाल बार एशोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश जबराले आजका लागि इजलास गठन गरेका हुन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 126 पटक पढिएको
  • बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

    बैतडी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरूलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 122 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    काठमाडौँ / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिएका छन् । एमाले विभाजित भएसँगै बहुमतको सरकार ढलेको थियो । लगत्तै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए।बागमतीमा हाल मुख्यमन्त्रीसहित चार स

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ / नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रिय सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 101 पटक पढिएको
  • ६५ जिल्लामा अधिवेशन सक्यो राप्रपाले

    काठमाडौं  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ।मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ।जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए।तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो।पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 116 पटक पढिएको
  • एमालेको महाधिवेशन तयारी : उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

    काठमाडौं  / नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा मुलुकका राष्ट्रि

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 109 पटक पढिएको
  • एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

    काठमाडौं  / नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ । मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, “मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ । ”विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । सो पार्टीको केन्द्रीय समिति २२५ सद

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 102 पटक पढिएको
  • प्रधानन्यायाधीश जबराले तोके आजका लागि नौ इजलास

    काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज (बुधवार)का लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोकेका छन् ।प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ । यद्यपि प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन्।यता प्रधानन्यायाधीश जबराको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 98 पटक पढिएको
  • नेकपा (एस)को सचिवालय बैठक बस्दै

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 111 पटक पढिएको
  • आज पनि सर्वोच्चमा कानुन व्यवसायिहरूकाे प्रदर्शन

    काठमाडौं / कानुन व्यवसायिहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानुन व्यवसायिहरूले प्रदर्शन गरेका हुन् । आन्दोलनको पहिलो चरणको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.