काठमाडौँ / नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रिय सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।