काठमाडौं / कानुन व्यवसायिहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानुन व्यवसायिहरूले प्रदर्शन गरेका हुन् ।
आन्दोलनको पहिलो चरणको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’
अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।