काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।