पोखरा / गण्डकी प्रदेशको प्रदेश सभा विघटन नजिक पुगेपछि अन्तिम समयमा आएर विवादास्पद पृष्ठभूमिका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेले एमालेको ओली समुहको साथ छाडेका छन् । ओली निकट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी भईरहेका बेला उनकै सरकारका मन्त्री मनाङे विपक्षी गठवन्धनको पक्षमा खुलेका हुन् ।प्रदेश सभा विघटनको बाटोमा गुरुङ लागेकाले प्रदेश सभा जोगाउन आफु विपक्षी गठबन्धनमा लागेको उनले बताएका छन् । मनाङे विपक्षी गठबन्धनमा लागेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ ।गत वैशाख १५ गते अविश्वासको प्रस्तावमा मतदान हुन
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलिले संसद बिघटन पछि संबैधानिक प्रक्रिया मिचेर पुनर्गठन गर्दै आएको मन्त्रि परिसदमा थप मन्त्रि नियुक्तिको तयारी थालेका छन् । संबैधानिक प्रक्रिया मिचेर ओलिले आज (बिहिबार ) सात जना मन्त्रि र राज्यमन्त्री नियुक्त गर्ने भएका हुन् । ओलिले आफुसंग राखेका सात मन्त्रालय मध्ये रक्षा मन्त्रालय आफैँसंग राखेर गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने तयारी गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वाला कुमार
काठमाडौ / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गरेका थिए दूतावासले उल्लेख गरेको छ ।ओहोदाको प्रमाणपत्र ग्र
काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् । मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले आगामी आर्थिक बर्षमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा जोड दिएका हुन् । मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै उनले भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेम
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले आज वक्तव्यमार्फत कोभिड –१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विष
काठमाडौं / लिम्पियाधुरा सहितको नयाँ नक्सा विनाको पुस्तक छाप्न दिएको भनेर आलोचित हुँदै आएको सरकारले नयाँ नक्सा विनाका पुस्तक बिक्री वितरण नगर्ने र बजारमा भेटिए जफत गर्ने भएको छ ।नयाँ नक्सा जारी भएपनि पाठ्यपुस्तकमा पुरानो नक्सा नै राखेर सरकारले जनतालाई झुक्याउने काम गरेको भनेर दवाव र आलोचना खेप्दै आएको सरकारले अन्तत पुरानो नक्सा भएको पुस्तक बिक्री गरेको पाईए जफत गर्न निर्देशन दिएको हो । केही निजी प्रकाशक र छापाखानाका कारण नयाँ संस्करणका पुस्तकमा त्यस्तो हुन गएको दावी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा भएका पुस्तक बिक्री बितरण नगर्न निर्देशन दिएका
काठमाडौं / सांसदहरुले दायर गरेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई कारण देखाउन आदेश दिएको छ ।संवैधानिक इजलासमा छलफल सुरु भएकै दिन सर्वोच्चले कारण देखाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।संवैधानिक इजलासले रिट निवेदकको दावी अनुसार किन आदेश जारी नगर्ने भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो। कारण देखाउ आदेश दिदै सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय सं
बिराटनगर / प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले ढुंगागिटी बेच्ने संघीय सरकारको योजनाको विरोध गरेका छन् । बिहीबार बसेकोको बैठकको सुन्य समयमा उक्त योजनाको विरोध गर्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको खबरदारी गरेका हुन् ।संसदहरुले भारतलाई खुसी बनाउन प्राकृतिक सम्पदा दोहन गर्ने योजना सरकारले अगाडि बढाएको भन्दै सांसदहरुले सत्ता रक्षाको लागि संघीय सरकारले गरेको निर्णयबारे प्रदेश सरकारको धारणासमेत माग गरेका छन् । प्रदेशसभा सदस्य हिमाल कार्कीले संघीय सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा प्राकृतिक सम्पदाहरु दोहन गर्ने र खानीजन्य पदार्थहरु उत्खनन गर्ने बिषय राखेर बजेट घाटा न्युनीक
काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गरेका छन् । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राखे ।रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता थापाले नेपालको संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएकोसमेत
काठमाडौं / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सुरु भएको छ । प्रधानन्यायाधीश राणाले आज यसअघि सरकारी वकिलबाट प्रश्न उठाइएका कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै विषय केन्द्रीत बहस सुरु भएको हो ।प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको छ। अहिले काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिटमाथि बहस सुरु भएको छ । जसमा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे कुनै पनि कुरा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.