मनाङ / राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ जाने भएकी छिन् । भण्डारी भ्रमणका लागि मनाङ जान लागेकी हुन् । 

भण्डारीले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको नेपालकै सबै भन्दा ठुलो स्याउ फार्म एग्रो मनाङ प्रालिको अवलोकन गर्ने प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । 

त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत भण्डारीले अवलोकन गर्ने कार्यक्रम रहेको प्रजिअ आचार्यले बताए । 

जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिइने बताइएको छ ।

बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ ।

त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।