काठमाडौँ / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । 

गठबन्धनको तर्फबाट कात्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना सांसदको हस्ताक्षरमा पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् ।