काठमाडौँ / आन्दोलनरत कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।
आइतबार देखि आन्दोलन उत्रिएका कानून व्यवसायीहरूले आज दोस्रो दिन पनि कालो ब्यानर बोकेर उभिएका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाइमा प्रदर्शनमा गरिरहेका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ