धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद चर्किएको छ। सरकारको प्रमुख साझेदार दल नेकपा (एमाले) ले बजेटमा असन्तुष्टि जनाउँदै तत्काल संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ।धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट निर्माण र विनियोजन प्रक्रियामा आफूहरूलाई बेवास्ता गरिएको निष्कर्ष निकालेको छ। बैठकपछि जारी विज्ञप्तिमा बजेट वितरण र योजना छनोटमा एकलौटी ढंग अपनाइएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरिएको छ।एमालेले बजेटले गठबन्धन सरकारको साझा भावना, सहमति र प्राथमिकतालाई पूर्ण रूपमा लत्याएको आ
काठमाडौं। पूर्व जसपा नेता अशोककुमार राईले ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।राई अध्यक्ष रहने गरी ८ पदाधिकारी र २८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीका उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्।अशोक राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नयाँ जसपा गठन गरेका थिए। तर पार्टी विभाजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राई नेतृत्वको दललाई कानुनी मान्यता नदिएपछि उनको समूह पार्टीविहीन बनेको थियो। त्यसपछि कानुनी रूपमा पार्टीको अस्तित्व कायम राख्न राई पक्षले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन प्रतिनिधि विवादका कारण प्रभावित बनेको छ।महाधिवेशन प्रतिनिधिको नामावली टुंगिन नसकेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र मंगलबार सारिएको थियो। तर विवाद अझै समाधान हुन सकेको छैन।मंगलबार प्रतिनिधिलाई परिचयपत्र वितरण भइरहेका बेला गण्डकी प्रदेशका केही प्रतिनिधि र कार्यकर्ताले आफ्नो नाम छुटेको भन्दै निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन्। नामावलीमा त्रुटि भएको आरोप लगाउँदै उनीहरूले हुलहुज्जतसमेत गरेका छन्।
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। विभागले उनलाई आजै थप अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरेको स्रोतले जनाएको छ।अनुसन्धान निकायका अनुसार पौडेलको सेयर कारोबार, आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे छानबिन भइरहेको छ। यही अनुसन्धानको सिलसिलामा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेल
काठमाडौं— नेपालको इतिहासकै सबैभन्दा चर्चित सार्वजनिक खरिद विवादमध्ये एक मानिएको विद्युतीय राहदानी ठेक्का प्रकरण अन्ततः अदालतको ढोकामा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको राहदानी खरिद तथा व्यवस्थापन सम्झौतामा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको अभियोगपत्रले देशको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राहदानीजस्तो संवेदनशील राष्ट्रिय दस्तावेजको खरिद प्रक्रियामै राजनीतिक प्रभाव, नीतिगत हस्तक्षेप र मिलेमतोको आरोप उठेपछि यो प्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि नेकपा एमालेले दुई महत्वपूर्ण बैठक बोलाएको छ।दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्दैछ भने साँझ ६ बजे ओली निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।बैठकमा विष्णु पौडेल पक्राउपछि विकसित राजनीतिक परिस्थिति, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँकेमा राखिने भनिए पनि राति नै काठमाडौंतर्फ ल्याइएको छ। पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरिरहेका बेला एमाले नेतृत्व निर्णायक छलफलमा जुट्न लागेको हो। पौ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जारी प्रथम महाधिवेशनमा बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो । महाधिवेशनमा चार हजार २०० प्रतिनिधि छन्। महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दा बन्दसत्र ढिलो सुरु हुनको कारण महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दाले हो। बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणपछि तालिकाअनुसार नै सञ्चालन हुनेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्, र त्य
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ । यसैगरी, शिक्षक सेवा आयोग लगायत का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।त्यस्तै, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण र हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताउनुभयो ।महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.