राजनीति

    Showing 9,601-9,610 of 10,449 items.
  • बालकोटमा ओलीसँग तेस्रो धारका नेताहरूको छलफल जारी

    काठमाडौं / पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरू बालकोट पुगेका हुन्। अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेताहरू ओली निवास बालकोट पुगेका हुन् ।उनीहरूबीच वार्ता जारी रहेको छ । उनीहरूले पार्टी विभाजनमा नेता माधव कुमार नेपाललाई साथ दिएनन् । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । 

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 150 पटक पढिएको
  • एक मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक

    काठमाडौं / कर्णाली प्रदेशका एक मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको छ । कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले एक महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको हो ।केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।  ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भने अनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’प्रहरीको सम्प

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 143 पटक पढिएको
  • कांग्रेस नेताको दादागिरी : अनुमति नै नपाएको बैंकको उद्घाटन

    काठमाडौँ  / कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने लगत्तै कांग्रेस नेताहरूले सत्ताको दुरुपयोग गर्न थालेका छन् । सरकारको आडमा विवादित छविका नेताहरूले आफ्नो हित अनुकुलका काम अनि हर्कत गर्न थालेका हुन् ।सरकारी जग्गा हडपेको विषयमा विवादमा मुछिएका कांग्रेस नेता सुरेन्द्र भण्डारीले अनुमति नै नपाएको बैंकको उद्घाटन गरेका छन् । अनुमति नै नपाएको बैंकको उद्घाटन गरिएका तस्विर सामाजिक संजालबाट सार्वजनिक भएपछि जनस्तरबाट सत्तामा पुगेपछिको दादागिरी भन्दै आलोचना सुरु भएको छ ।केही दिन अघि काठमाण्डौको बानेश्वरमा संचालन अनुमति नै नपाएको सहकारी बैंकको मुख्य कार्यालय कांग्रेस नेता आनन्द प

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 184 पटक पढिएको
  • निर्वाचन आयोगले एमालेले पठाएको २६० सदस्यीय कमिटीलाई मान्यता नदिने

    बिर्तामोड / नेकपा एमालेले निर्वाचन आयोग पठाएको २६० केन्द्रीय सदस्यको विवरणलाई आयोगले तत्काल मान्यता नदिने भएको छ । आयोगले कानुन अनुसार नेकपा एमाले दर्ता हुँदाको बखतमा रहेको केन्द्रीय सदस्य सङ्ख्याबाट नै माधव नेपाललाई सनाखत गराउने भएको छ । कानुन अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी रहेको छ ।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको संख्या अद्यावधिक गरेर आयोगमा पठाएको थियो । गत भदौ १ गते मंगलबार

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 135 पटक पढिएको
  • झापाको एमाले समानान्तर कमिटि समाजवादीमा समाहित

     विर्तामोड//नेकपा एमाले झापाको समानान्तर कमिटि नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ।  शनिबार विर्तामोडमा बसेको समानान्तर एमाले जिल्ला कमिटिको बैठकले बेदराज रेग्मी नेतृत्वमा गठन भएको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरेको हो।  बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।बैठकमा नवगठित पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश खरेलले सम्बोधन गर्दै अहिलेको विद्रोह बाध्यात्मक र अनिवार्य आवश्यकता भएको बताएका हुन् ।केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 123 पटक पढिएको
  • अर्थ समितिद्वारा धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

    बिर्तामोड / प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवर्द्धन गर्न आवश्य

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 122 पटक पढिएको
  • माधव नेपाल निकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

    बिर्तामोड / सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् । सरकारले स्पष्टीकरण सोधेका गुरु भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए ।महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए । ‘नियुक्तिको पत्र आज आउला,’ उनले भने। झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सरकारले नेपाल पक्षकालाई राजनीतिक नियुक्ति द

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 184 पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने

    काठमाडौं// नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् । राईले  राजिनामा दिएर भिम आचार्यलाई मुख्य मन्त्री बनाउने नेकपा एमालेको तयारी रहेको स्रोतले जानकारी गराएको छ। अहिले  राजिनामा दिने विषयमा छलफल चलिरहेको तर  हालसम्म केही जानकारी प्रमुखको कार्यालयमा नआएको  प्रदेश प्रमुखको कार्यालयका सुचना अधिकारी विमल पौडेलले बताएका छन् । सत्ता समिकरण एकिन नहुँदा राजिनामाको मिति शुक्रबारसम्म लम्बिने स्रोतले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 293 पटक पढिएको
  • अध्यादेश संविधानको रक्षाका लागि ल्याइएको हो : अध्यक्ष दाहाल

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् ।  अध्यक्ष दाहालले समाजवादी केन्द्र नेपालले आयोजना गरेको  ‘एक्काईसौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका हुन् । उनले भने, “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुंग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने बित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”उनले अहिले सरकारले ल्य

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 138 पटक पढिएको
  • लुम्बिनी प्रदेशसभा बैठक स्थगन

    रुपन्देही / लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएको हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ । राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्र

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.