समाचार

    Showing 10,001-10,010 of 26,666 items.
  • केन्द्रीय समितिले पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसक्यो: मनोजमणि आचार्य

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए । विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए । उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्न

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 623 पटक पढिएको
  • मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छः गुरु घिमिरे

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् ।विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने नेतृत्व बदल्नैपर्ने बताए ।उनले विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा नरहेको बताए । विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकाले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए ।उनले अहिले केन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 631 पटक पढिएको
  • नेकपा एसको पोलिटब्युरो बैठक कात्तिक ११ गते, माओवादीसँगको एकता र पार्टी भविष्यबारे छलफल हुने

    काठमाडौं— माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको चर्चा चुलिँदै गएको बेलामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पोलिटब्युरो बैठक बोलाएको छ। पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, पोलिटब्युरो बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बस्नेछ। दुबै बैठक काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुनेछन्।बैठकमा हालैको जेनजी विद्रोहपछिको राजनीतिक परिस्थिति, संभावित पार्टी एकता, र आगामी निर्वाचनमा पार्टीको रणनीति लगायत विषयमा गम्भीर छलफल हुने जनाइएको छ।नेकपा एस भित्र नेतृत्वको विषयमा दबाब चुलिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तर

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 514 पटक पढिएको
  • इजरायलबाट विपिनको शव भोलि काठमाडौं ल्याइँदै

    काठमाडौं— इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै छ ।उनको शव फ्लाई दुबईको विमानमार्फत् भोलि काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।परराष्ट्र मन्त्रालयका अनुसार विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 591 पटक पढिएको
  • लमजुङमा फरार दुई कैदीबन्दी पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनको फाइदा उठाउँदै गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी–४ सुस्ताका ३९ वर्षीय सन्तोष गुरुङ र बेंसीसहर–३ रानीकुवाका ४५ वर्षीय विनोद गुरुङ रहेका छन् । उनीहरुमा सन्तोष चोरी मुद्दामा र विनोद जवरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए । पक्राउ परेका दुबै कैदीबन्दीलाई दमौली कारागार तनहुँमा बुझाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। लमजुङ कारागार भत्किएपछि यहाँ रहेका १०८ कैदीबन्दी कास्की र तनहुँ कारागार स्थान्तरण गरिएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 530 पटक पढिएको
  • मोहन वैद्यले महासचिवबाट दिए राजीनामा

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनले पार्टी नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने निर्णय गरेका हुन्।वैद्यको राजीनापछि अब पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता सीपी गजुरेलले सम्हाल्ने भएका छन्। गजुरेलका अनुसार वैद्यले पार्टी नछाडे पनि अब सल्लाहकारको भूमिकामा रहनेछन्।'स्वास्थ्यका कारण उनले पदबाट मात्र राजीनामा दिएको हो, पार्टी छोडेको होइन,' गजुरेलले भने, 'उनी सल्लाहकारका रूपमा रहने र महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि सहभागी रहने छन।'केन्द्रीय समिति बैठकबाट गजुरेललाई

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 675 पटक पढिएको
  • थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

    काठमाडौँ, २ कात्तिकः सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एक रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौँले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच–पाँच, पाल्पा तथा दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 392 पटक पढिएको
  • यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व

    काठमाडौं । तिहार हाम्रोयमपञ्चकका पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कु

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 350 पटक पढिएको
  • लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

    सिरहा, २ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ ।गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम  असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भन्नुभयो, “निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।”सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि द

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 305 पटक पढिएको
  • वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

    वीरगञ्ज (पर्सा), २ कात्तिकः वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.