समाचार

    Showing 10,201-10,210 of 26,669 items.
  • परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ । ‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो ।नियमित परीक्षण हो,’ अस्पतालका एक चिकित्सकले भने । प्रोस्टेट, पुरुषहरूमा मात्र हुने ग्रन्थी हो । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।उमेर बढ्

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 418 पटक पढिएको
  • फुटबल क्यालेन्डरको विरोधमा एन्फा अगाडि धर्ना

    काठमाडौं— नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्।आइतबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले एन्फा मुख्यालमा बिहान ११ बजेसम्म धर्ना दिए। उनीहरुले एन्फा फुटबल एसोसिएसन की कन्सलटेन्सी ?, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।एन्फा भ

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 749 पटक पढिएको
  • ओखलढुङ्गामा वृद्धको खाना अड्किएर मृत्यु

    काठमाडौं— ओखलढुङ्गामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका(३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 598 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध नेविसंघको किटानी जाहेरी

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 493 पटक पढिएको
  • अस्पताल भर्ना भएका राष्ट्रपति डिस्चार्ज

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 721 पटक पढिएको
  • सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 569 पटक पढिएको
  • कपनमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा युवकको मृत्यु

     काठमाडौं— काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।सोलुखुम्बु घर भई कपनमा बस्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 632 पटक पढिएको
  • बेवारिसे अवस्थामा भेटिए ३०३ राइफल

    झापा— दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 539 पटक पढिएको
  • अझै खुलेन मेची राजमार्ग

    फिक्कल । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए ।“सडक खुलाउन हामी दिनरात ल

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 445 पटक पढिएको
  • चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङ : जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’

    काठमाडौँ। जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल, सहज किसिमबाट उजागर गर्न सफल भएको छ ।व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ । समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरे

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 368 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.