समाचार

    Showing 10,221-10,230 of 26,669 items.
  • तास खेलिरहेका नौजना पक्राउ

    भक्तपुर— भक्तपुरमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२, दूधपाटीका ४२ वर्षीय अनिल कोजुसहितका व्यक्तिहरू छन् ।सोही स्थानमा अनिलले सञ्चालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गएराति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।नगद ४७ हजार ६७५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 786 पटक पढिएको
  • बलात्कार आरोपमा १ जना पक्राउ

    झापा— २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका( १३ इलाम रोड बस्ने ४७ वर्षीय दिलीपकुमार यादव छन् । उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ दिलीपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 755 पटक पढिएको
  • ओली सरकार ढलेपछि चल्यो एमालेका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    काठमाडौं— सहकारीका बचतकर्ताको अर्बौ रकम ठगी गरेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध गत वर्ष जेठमै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बागलुङमा पेस पनि गरिसकेको थियो । तर, गत वर्ष असारमा सरकार ढल्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै प्रतिवेदन एक वर्ष थन्कियो। बागलुङ र पोखरामा सहकारी ठगी गरेर भारत पसेका नेपालीविरुद्ध यसअघि सहकारी ठगीको मात्र मुद्दा थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउदा मेयर पदबाट पनि निलम्बनमा पर्ने अनि दोषी ठहर भएमा सक्रिय राजनीति पनि ग

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 653 पटक पढिएको
  • भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ ।भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।संगठनका अध्यक्ष इन्द्र तामाङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेर संविधानमा उल्लेखित नागरिकका मौलिक हक खण्ठित गरेको छ । उक्त निर्णय सरकारको पूँजीवादी प्रवृत्तिको प्रतिबिम्ब हो र यो भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बस्तीमा बसोबास गर्ने करिब १२ लाख नागरिकमाथिको विभेदकारी र अम

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 454 पटक पढिएको
  • दुर्गा प्रसाईँद्वारा आकस्मिक बैठक आह्वान

    काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशको वर्तमान राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्। प्रसाईँले आगामी असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नै निवासमा बैठक आह्वान गरेका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रसाईँले देश हाल इतिहासकै कमजोर र अस्तित्व सङ्कटको अवस्थामा पुगेको दाबी गरेका छन्। उनले सिंहदरबार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचना नै धरापमा परेको भन्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीको मनोबल कमजोर पारिएको टिप्पणी गरेका छन्।यस्तो संवेदनशील राजनीतिक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 569 पटक पढिएको
  • बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

    नेपालगञ्ज— बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४१५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए।उनले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताए ।  “मतदाता नामावली सङ्कलन दैनिकजसो बढ्दै गएको देखिएको छ”, उनले भने । जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्ज, बाँकेले असोज

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 666 पटक पढिएको
  • डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु १९ जना घाइते

    डोटी— डोटीमा हाइस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सुपप्र०१००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ गोल्डेनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज रावलका अनुसार ज्यान गुमाउनेमा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार रहेकी छन् । घाइते हुनेमा केही बालबालिका छन् । घाइते सबैलाई उपचारको लागि अत्तरिया पठाएको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 470 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 329 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 353 पटक पढिएको
  • आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल

    मेष - पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष - आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन - स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट - आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ।सिंह - अवरुद्ध कामहरू अघि बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। मानसिक तनाव कम भई आत्मविश्वासमा वृद्धि हुनेछ। कन्या - सामाज

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 526 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.