समाचार

    Showing 10,231-10,240 of 26,669 items.
  • नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा युवकको हत्या गरेको खुलासा

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ।राप्ती गाउँपालिका–१ दाङका मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेका थिए। खुकुरी हानेपछि घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ।नख्खुबाट फरार आकाशले अर्को अपराध गरेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।अर्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 655 पटक पढिएको
  • नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश

    काठमाण्डौ— आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।जापानले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखल

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 2,052 पटक पढिएको
  • घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक र जवान विरुद्ध मुद्दा

    काठमाण्डौ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 731 पटक पढिएको
  • मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

    गोरखा, २४ असोजः यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोह

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 232 पटक पढिएको
  • करिब ३४ लाख बराबरका अवैध सामान बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ। अवैध सामान बोकेको सवारीलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ९०२३ नम्बरको गाडीमा चेकजाँच गर्दा करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा भेटिएका छन्।त्यसैगरी सोही गाडीबाट झन्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।प्रहरीले गाडीमा सवार रहेका रौतहटको बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदी

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 670 पटक पढिएको
  • बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने

    काभ्रेपलाञ्चोक, २४ असोजः गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।  आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।  “ट्र्याक खोलिसकेपछि पुनः एकप

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 660 पटक पढिएको
  • टिकटक बनाउन खोलामा हाम फालेका युवक मृत भेटिए

    काठमाडौं— टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको हो।लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र प्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 710 पटक पढिएको
  • सरकारले १५ जना सहसचिवको सरुवा

    काठमाडौं— सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 641 पटक पढिएको
  • चितवनमा ९५० नयाँ मतदाता थपिए

    काठमाडौं— निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए । उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 625 पटक पढिएको
  • सुरक्षा फिर्ता भएपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको घेरामा

    काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 672 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.