समाचार

    Showing 10,671-10,680 of 24,732 items.
  • तीन महिनामा १८ लाख ७६ हजार नेपाली भिडियो हटायो टिकटकले, कारण यस्तो

    काठमाडौं— टिकटकले २०२५ को पहिलो त्रैमासिकको ुकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्टु रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ । गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 651 पटक पढिएको
  • मेयर भट्टराईको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

     काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।भट्टराई जैविक विविधता र रैथाने संस्कृति संरक्षणमा नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका माग राखी साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्य अवस्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 769 पटक पढिएको
  • डडेल्धुराको परशुराममा सुत्केरी महिलाको निधन

    डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवनी पाण्डेय (भट्ट) को सुत्केरी पछिको जटिलताका कारण निधन भएको छ।साउन १३ गते साँझ सुत्केरी ब्यथा लागेपछि उनलाई साँदनी स्वास्थ्य चौकी ल्याइएको थियो। उनले साउन १४ गते विहान ७ः१८ बजे तेस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपछि समयमै सालनाल नआएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई जोगबुढा अस्पताल रिफर गरिएको थियो।जोगबुढा अस्पतालमा पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज विहान करिब ११ बजे उनको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 585 पटक पढिएको
  • बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेकाले उपभोक्तालाई पानी उमालेर मात्र पिउन कामपाको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाले बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ। कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बर्खाको समयमा विभिन्न स्थानबाट पानी भित्रिने भएकाले मापदण्डविपरीतको पानी बिक्री हुने सम्भावना अधिक हुन्छ। यसै कारणले महानगरपालिकाले उपभोक्ताहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। उनले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन भइरहेको जानकारी दिए।गत असार महिनामा मात्रै कामपाले मापदण्ड नपुगेका १५९ वटा पानी जार नष्ट गरेको थियो। सहरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 845 पटक पढिएको
  • सूर्यविनायक नगरपालिकामा कवाडी सामानमा समेत अवैध कर असुलीः कारबाहीको माग गर्दै वाणिज्य विभागमा उजुरी

    भक्तपुर— सूर्यविनायक नगरपालिकामा कवाडी सामान खरिद बिक्री गर्दा समेत अवैध रूपमा कर असुली भइरहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्। उनीहरुले नगरपालिकाका केही कर्मचारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको मिलोमतोमा कवाडी सामान बोक्ने सवारी साधनबाट गैरकानुनी रुपमा रकम असुली हुँदै आएको आरोप लगाएका छन्।यसै विषयमा व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लिखित उजुरी दर्ता गराएका छन्। उजुरीमा भनिएको छ, “कुनै कानुनी आधार विना कवाडी मालसामान बोक्ने गाडीहरू बाटोमै रोकेर रकम असुली गर्ने काम भइरहेको छ। यसले व्यवसायमा नकारात्मक प्रभाव परेको छ।”व्यवसायीहरुको भनाइमा, कवाडी उद्योगले फोहोर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 898 पटक पढिएको
  • बाँससम्बन्धी नीति निर्माणको माग गर्दै अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पताल भर्ना

    काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 1,494 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका–१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 712 पटक पढिएको
  • राजनीतिक दललाई अंक दिने तयारीमा निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले अबदेखि राजनीतिक दलको व्यवहार र स्वमूल्याङ्कनको आधारमा अंक दिने भएको छ।अंकको आधारमा नै दलहरूले सरकारबाट प्राप्त गर्ने सुविधा तथा अवसर निर्धारण गरिनेछ।यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ तयार पारेको छ।उक्त कार्यविधिको मस्यौदा सार्वजनिक गर्दै आयोगले राजनीतिक दल, सरोकारवाला र विज्ञहरूबाट सुझाव समेत मागेको छ।मूल्याङ्कन समिति गठन हुनेदलको मूल्याङ्कन, रेखदेख र निर्देशन गर्न आयोगले एक मूल्याङ्कन समिति बनाउनेछ।समितिको संयोजक आयोगका सचिव रहनेछन्।अन्य सदस्यमा आयोगका विभिन्न महाशाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख र

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 457 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

    काठमाडौं— गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले बाह्रखरीलाई जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए । उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 689 पटक पढिएको
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, एक जना घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर रहेका छन् ।बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले  बताए ।मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 537 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.