समाचार

    Showing 10,701-10,710 of 24,732 items.
  • सर्लाहीको भरत तालमा डुबिरहेको अवस्थामा एक महिलाको शव फेला

    सर्लाही – सर्लाहीको भरत तालमा डुबिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ। बुधबार मध्याह्न बागमती नगरपालिका-१२ स्थित भरत तालमा शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहका अनुसार केहीबेर अघि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ।हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टोली खटिएको छ।उक्त टोलीले शव निकाल्ने काम गरिरहेको छ।शवको पहिचान खुलिसकेको छैन। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 583 पटक पढिएको
  • छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त

    काठमाडौं – प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला  विधेयक, २०८१ माथि दफावार छलफल भएको छ ।छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका विरुद्ध कानुनी उपाय आवश्यक रहेको बताएका हुन् ।‘हामी सबै समाज परिवर्तन गर्न लागेका मान्छेहरू यहाँ छौं,’ मन्त्री पन्तले भने, ‘तर हाम्रो समाजको वास्तविकता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिस छन् । जसको मनमा त्यो भाव

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 576 पटक पढिएको
  • किर्ते कागजात र संघसंस्थाका छापसहित दुईजना पक्राउ

    काभ्रे –  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका- १२ को वडा कार्यालयको लेटर प्याड छाप तथा वडा अध्यक्षको सही समेत किर्ते गरी नक्कली कागजात बनाएको घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ ।प्रहरीले जिल्ला गोरखा सहित लखन गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका -३१ नयाँ बानेश्वर बस्ने  ४१ वर्षीय किरण अर्याल र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो।वडा अध्यक्षको हस्ताक्षर नै नक्कली भएको भनी सूचनाको आधारमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गर्दै जाँदा विभिन्न संघसंस्थाका २६ स्थान छ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 963 पटक पढिएको
  • काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं— काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधार

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 575 पटक पढिएको
  • रोकियो बागमतीका ३ मन्त्रीको शपथ

    काठमाडौं— बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धी जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।नेकपा एमालेले संवेदनशील अवस

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 609 पटक पढिएको
  • ‘छड्के कपाल’ तीज गीतले ल्यायो नयाँ तरंग, मोतिराज खनालको मौलिक प्रस्तुतिमा दर्शक झुमे (भिडियोसहित)

    काठमाडौं— तीजको माहोल नजिकिँदै गर्दा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत ‘छड्के कपाल किन कोरेको’ सांगीतिक बजारमा चर्चाको केन्द्रमा रहेको छ। मौलिक लय, परम्परागत भाकाको संरक्षण र नारी सशक्तिकरणको सन्देश बोकेको यस गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील खनालले सामाजिक यथार्थ झल्काउने उद्देश्यले गीत तयार पारेका हुन्। पछिल्लो समय बजारमा फैलिएको छाडा र उत्ताउला गीत–संगीतप्रति असन्तुष्टि जनाउँदै खनालले यसपटक मौलिक स्वादका साथ सन्देशमूलक सिर्जना ल्याएका छन्।गीतमा गायक मोतिराज खनाल र गायिका राधिका हमालको मुख्य स्वर रहेको छ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 1,490 पटक पढिएको
  • १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 384 पटक पढिएको
  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन पूर्णरूपमा क्षति

    चितवन— पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ। आगोका कारण रिसोर्टको मुख्य भवन जलेर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।काठ र माटोको प्रयोग गरी निर्माण गरिएको रिसोर्टमा विद्युत सट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट खटिएका दुई दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।‘र्‍याम्ड अर्थ’ प्रविधिमा निर्माण गरिएको उक्त रिसोर्टका सञ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 583 पटक पढिएको
  • राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने, चलचित्र विधेयक र राष्ट्र स्तरोन्नतिको प्रतिवेदनमा पनि छलफल गरिने

    काठमाडौं— संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 597 पटक पढिएको
  • हेटौँडामा न्यायिक समितिको सक्रियता, १४३ उजुरी फछ्र्योट

    हेटौँडा—  हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा  फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 479 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.