समाचार

    Showing 10,901-10,910 of 26,681 items.
  • मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा प्रारम्भ

    रामेछाप । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ ।आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्दै अस्पतालको निरन्तर सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे । ‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भएपनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौँ, देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’अस्पताल प्रमुख डा. केशव धामीका अनुसार यो सेवा सुरु भएपछि सङ्क्रमणको सही पहिचान गर्न सजिलो हुने र बिरा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 334 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने

    काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ ।सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरल

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 348 पटक पढिएको
  • पर्वतमा स्थानीयको श्रमदानमा सडक मर्मत

    पर्वत— पर्वत जिल्लाको मोदी गाउँपालिका अन्तर्गत पर्ने पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीय बासिन्दाको श्रमदानमा मर्मत गरिएको छ। विगतमा पटक–पटक पहिरोले क्षति पुर्‍याउँदै आएको यस सडकमा यसपटक पनि पहिरोले करिब दुई किलोमिटर सडक बगाएपछि स्थानीय आफैं जुटेका हुन्।उक्त सडक विसं २०५८ सालमा निर्माण गरिएको थियो। तर वर्षेनी पहिरोको जोखिममा पर्दै आएको यस सडकमा यसपटक पनि देउपुरस्थित कोरुङ्गा र दोबाटो क्षेत्रबाट खसेको पहिरोले सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।सडक मर्मतका लागि सरकारी तहबाट कुनै सहयोग नपाएपछि मोदी गाउँपालिका–१, २ र ३ का करिब ४ सय स्थानीय बासिन्दाले श्रमदान गरेका हुन्। मर्मतकार्यमा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 597 पटक पढिएको
  • मिसेस मंगोल नेपालको ताज टिनालाई

    काठमाडौं ।  यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् । निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एन.एफ.इ.ए अर्वाडको लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।कार्यक्रमको फस्र्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ बन्न सफल भए । शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रम  मिसेस मंगोल श्रृंखलाको ११ औं संस्करण हो ।हिमायलयन मुभिजद्वारा  आयोजित सो कार्यक्रम मंगोलियन समुदायका विवाहित महिलाहरु समावेश हुने एक राष्ट्रियस

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 433 पटक पढिएको
  • चाडपर्वलाई मध्यनजर गर्दे गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना

    कञ्चनपुर— कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार नेपाल–भारत सीमा गड्डाचौकी स्थित ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको हो । भारतबाट स्वदेश फर्कने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए। गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका तथा महेन्द्रनगर बस पार्कमा सुरक्षाकर्मीहरूले संयुक्तरुपमा यात्रु सहायता

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 672 पटक पढिएको
  • जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने ।उनले विदेशमा उत्कृष्ट काम गर्ने

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 610 पटक पढिएको
  • सात दिनपछि पुनः खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

    बागलुङ— गत भदौ २९ गते बिहानदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि पुनः सञ्चालनमा आएको छ।बागलुङ नगरपालिका–८ सिगानामा माथिबाट ठूलो पहिरो खसेर सडक र एउटा गोठ पुरिएपछि सडक बन्द भएको थियो। पहिरोका कारण एक परिवार विस्थापित भएको छ। चट्टानसहितको भारी पहिरो हटाउन समय लागेको थियो।आजदेखि सडक सञ्चालनमा आएपछि यात्रुहरू आफ्ना गन्तव्यमा जान थालेका छन्।यो सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ बजारदेखि सिगानासम्मको १० किलोमिटर कालोपत्र गरिएको थियो। सडक डिभिजन कार्यालय बागलुङले कर्ण वर्ल्डसलाई ठेक्का दिइएको थियो।बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, “कार्यालय र नि

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 546 पटक पढिएको
  • कोरला नाकाबाट धमाधम भित्रिँदै विद्युतीय गाडी, ६ दिनमै ३४ करोड राजस्व संकलन

    काठमाडौं— सरकारले मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएको ६ दिनमै सो नाकाबाट २ सय ९ विद्युतीय सवारी साधन र १ सय ७ मालवाहक सवारी साधन भित्रिएका छन्। यस अवधिमा करिब साढे ३४ करोड रुपैयाँ राजस्व पनि संकलन गरिएको छ।०८२ असार २४ गते रसुवा जिल्लामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भयो। त्यसपछि तातोपानी भन्सारतर्फको कोदारी राजमार्गमा आएको पहिरोले यातायात अवरुद्ध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।चीन र नेपालबीचको वैदेशिक व्यापार सहज बनाउन भदौ ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) पूर्ण रूपमा कामकाजमा आएको हो।अर्थ मन्त्रालयका प्रवक्ता

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 655 पटक पढिएको
  • वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

    सुर्खेत— वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि नगरपालिकासहित वडा कार्यालयको सेवा ठप्प भएको थियो । सेवा प्रभावित भएको १२ दिन पछि आइतबारदेखि नगरपालिका कार्यालयबाटै सबै वडाको सेवा प्रवाह थालिएको नगर प्रमूख मोहनमाया ढकालले बताईन् । आगजनी र तोडफोड गरिएका वडा कार्यालयको पुर्ननिर्माण, मर्मत र पूर्वाधारहरुको तयारीका लागि समय लाग्ने भएकाले नगरबासीको सेवामा अवरोध हुन नदिन नगरपालिकाबाटै सेवा प्रवाह गर्न थालिएको नगरप्रमूख ढकाललेको भनाई छ । ‘वडा कार्यालयहरु बनाउन समय लाग

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 716 पटक पढिएको
  • बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते

    काठमाडौं— काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 609 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.