समाचार

    Showing 10,941-10,950 of 26,682 items.
  • बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

    मुगु— कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९/८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 682 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान

    काठमाडौं— नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् ।उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ । पहिरोका कारण गत रातिदेखि सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 670 पटक पढिएको
  • संविधान दिवसको अवसरमा पत्रकार महासंघ बाजुराले गर्याे दिप प्रज्वलन

    बाजुरा— नेपाल पत्रकार महासंघ बाजुराले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । एक कार्यक्रमका बिच शुक्रबार महासंघ बाजुराले आफ्नै भवनमा नेपालको नक्सामा संविधान लेखेर दिप प्रज्वलन गरि दिवस मनाएको हो । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा महासंघ  बाजुराले दिप प्रज्वलन गरेर दिवस मनाएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।उनका अनुसार, लोकतन्त्र, समानता र समावेशीताको आधारशीला संविधानको संरक्षण र रक्षाको निमित्त संविधान दिवस २०८२ को अवसरमा बाजुरा शाखाको आयोजनामा दीप प्रज्वलन गरिएको बताए ।देशको मुहार हेर्ने ऐना संविधान सम्पु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 618 पटक पढिएको
  • असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

    रामेछाप— रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ । २०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भए पनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन । मन्थली नगरपालिकाकोको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घ

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 611 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली र

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 543 पटक पढिएको
  • जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ, नगदसहित कौडा बरामद

    मोरङ— जुवा खेलिरहेका तीन जना मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरिया प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले लोहन्द्रा खोला किनारको बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूमध्ये एक धनपालथान गाउँपालिका–३ निवासी २७ वर्षीय सुचित कुमार सिंह रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४८ हजार ६१५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 708 पटक पढिएको
  • कांग्रेसको निष्कर्षः संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

    काठमाडौं— नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार (आज) बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, गत भाद्र २४ गतेको प्रदर्शनले सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम् डेरा र नेपालको उन्नतीसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोष

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 634 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं—  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेको छन् । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 531 पटक पढिएको
  • सभापति देउवाको टाउकोमा १२ टाँका, स्वास्थ्य अवस्था अझै कमजोर

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै चिकित्सकले उनलाई अझै अस्पतालमै राख्न सल्लाह दिएका छन्।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको स्वास्थ्यसम्बन्धी ब्रिफिङ प्रस्तुत गरेका थिए।“सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ। बोल्न असहज भएको छ भने उभिँदा चक्कर लाग्ने समस्या देखिएको छ। त्यसैले चिकित्सकले डिस्चार्ज नगरी केही दिन अस्पतालमै रा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 751 पटक पढिएको
  • उदयपुरमा ट्याक्टर चोरी प्रकरणमा तीन जना पक्राउ

    उदयपुर— प्रहरीले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३ स्थित बहेडवाका देवनारायण चौधरीको घरबाट बिहीबार दिउँसो हराएको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरिएको हो।चोरी भएको ट्याक्टर स १ त २८२३ नम्बरको हो, जुन चौधरीको घर अगाडि पार्किङमा राखिएको थियो। चोरीको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गरेको थियो। शुक्रबार विहान ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरीमा संलग्न तीनै जनालाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार च

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 812 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.