समाचार

    Showing 10,951-10,960 of 26,682 items.
  • मोरङमा ५३८ किलो गाँजा बरामद

    मोरङ— विराटनगर महानगरपालिका–८ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारलाई शंकास्पद ठानेर गएराति चेकजाँच गर्दा कारभित्र ५३८ किलो गाँजा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।मोरङ प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामद गाँजासँगै कार चालक र सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।प्रहरीका अनुसार पक्राउ प्रक्रिया र अन्य अनुसन्धानहरू अहिले भइरहेको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 736 पटक पढिएको
  • दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौंः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्मा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 600 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई कालीबाबाको बधाई, जेन–जीका माग पूरा गर्न आग्रह

    काठमाडौं—  अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेन–जी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेन–जी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन् ।कालीबाबाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।‘जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिक

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 610 पटक पढिएको
  • बबरमहलमा बाघको मुर्ति र स्कुटर फेला, स्थानीयको निगरानीमा सुरक्षित

    काठमाडौं— काठमाडौंको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै एक असामान्य दृश्य देखिएको छ। जेनजी आन्दोलनका क्रममा शनिवार मन्दिर नजिकै बाघको मुर्ति र रातो रंग भएको (बा ५९ प ४३८५ नम्बर) को स्कुटर फेला परेको छ।स्थानीयवासी झलक पाण्डेले बाघको मुर्ति मन्दिरभित्र सुरक्षित रूपमा राखिएको जानकारी दिएका छन् भने अर्का स्थानीय हिमाल मगरले सडकमा अवरोध हुनेगरी छाडिएको स्कुटरलाई मेघा कलेज नजिकै सुरक्षित स्थानमा राखिएको बताए।हालसम्म ती वस्तुहरू कसले ल्याएको वा कसको हो भन्नेबारे कुनै जानकारी नआएको स्थानीय दिवस मगरले जनाएका छन्।जेनजी आन्दोलनकै दौरान भेटिएका यी वस्तुहरूले आन्दोलनको अव्यवस्थित पक्ष उजागर गरेको स्थानीयव

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 581 पटक पढिएको
  • ‘जेनजी आन्दोलन’को क्रममा गोदावरी सनराइज प्रदर्शनी केन्द्र जलेर नष्ट

    ललितपुर— जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनामा गोदावरी सनराइज प्रदर्शनी केन्द्र पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। नेपालको दोस्रो ठूलो सम्मेलन स्थलका रूपमा विकास गरिएको यो केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको थियो।करिब ३,००० सिट क्षमताको उक्त भवनको निर्माण कार्य ६२ करोड रुपैयाँको ठेक्का मूल्यमा सुरु भएको भए पनि कुल लागत बढेर ८१ करोड रुपैयाँ पुगेको थियो।विशाल संरचना, आधुनिक सुविधाहरू र उच्च क्षमताका कारण यस केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको थियो। तर आगलागीपछि यो संरचना पूर्

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 651 पटक पढिएको
  • पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

    काठमाडौं— पुँजी बजारमा सुधार ल्याई लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले बजारमा आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका बारेमा सुझावसहित कार्ययोजना तयार पार्नेछ।धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसी कार्यदलको संयोजक रहेका छन्। अन्य सदस्यहरूमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक (कायममुकायम) निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।कार्यदलले आम लगानीकर्ताको मनोबल अभिवृद्धिका लागि आवश्यक सुधार उपायहरू पहिचान गरी पाँच दिनभित

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 563 पटक पढिएको
  • संविधान दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी, नागरिक सहभागिता न्यून

    सुर्खेत— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा बिहानी प्रभातफेरी आयोजना गरिएको छ। सरकारी कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागितामा भएको प्रभातफेरीमा राजनीतिक दलका नेताहरुको उपस्थिति औपचारिक मात्रै देखिएको छ।भर्खरैको जेनजी आन्दोलनले धेरै सरकारी संरचना र पार्टी कार्यालयहरू खण्डहर बनेका वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह आम नागरिकहरूमा देखिएन। प्रभातफेरी वीरेन्द्रनगर बजार परिक्रमा गर्दै सुर्खेत रंगशालामा सम्पन्न विशेष समारोहमा परिणत भएको थियो।समारोहमा सम्बोधन गर्ने वक्ताहरूले संविधानको रक्षा र कार्यान्वयनका लागि नागरिक सचेतना अपरिहार्य रहेको ब

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 1,789 पटक पढिएको
  • आगजनी भएको यातायात व्यवस्था विभागमा जेन–जेड समूहद्वारा श्रमदान

    काठमाडौं— गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगजनी भएको यातायात व्यवस्था विभागमा जेन–जेड समूहले श्रमदान गरेका छन्।शुक्रबार जेन–जेड आन्दोलनमा संलग्न युवाहरूले विभाग परिसरमा सरसफाइ र मरम्मतमा सहयोग गर्दै श्रमदान गरेका हुन्। आन्दोलनका क्रममा विभागको भवनमा आगलागी भएर भौतिक संरचनामा क्षति पुगेको थियो।श्रमदानमार्फत जेन–जेड समूहले आन्दोलनका क्रममा भएको क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै सार्वजनिक संरचनाप्रति संवेदनशील रहने प्रतिबद्धता जनाएको छ।श्रमदानमा संलग्न सहभागीहरूले भने, आन्दोलन जनताको पक्षमा भए पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने उद्देश्य नरहेको र यस्ता संरचनाको पुनर्निर्माणमा युवाहरू

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 629 पटक पढिएको
  • मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश चलाउनेहरु पुरानै मानसकिताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए । उनले अहिलेको पिंढीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौ लाग्ने र कहिलेकाँहि कयौं दिन कार्यालय धाउनुपर्ने

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 682 पटक पढिएको
  • संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियोे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 761 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.