समाचार

    Showing 11,151-11,160 of 26,682 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 463 पटक पढिएको
  • शान्तिपूर्ण विरोधमा हिंसा गराएको अभियोगमा ओलीविरुद्ध उजुरी

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीमाथि जघन्य ले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 654 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइते भेटिन्

    काठमाडौं—  प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ। उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए।प्रमुख डा.रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए।त्यसैगरी म

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 538 पटक पढिएको
  • जेलबाट फरार आठ जना कैदी पर्सामा पक्राउ

    वीरगन्ज— जेलबाट फरार भएका आठ जना कैदीबन्दीलाई प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको छ ।युवा पुस्ताको आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट फरार भएकामध्ये आठ जना कैदीलाई पर्सा प्रहरीले सिमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका दुई जना, काठमाडौंको नखु कारागारबाट दुई जना, केन्द्रीय कारागारबाट दुई जनालगायत अन्य कारागारबाट फरार भएका आठ जना कैदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले जानकारी दिए ।उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारततर्फ भाग्ने क्रममा उनीहरूलाई सिमाक्षेत्रबा

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 544 पटक पढिएको
  • प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी

    काठमाडौं— भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठवटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले असहमति रहेको जनाएको हो । विज्ञप्तिमा आठ पार्टीका प्रमुख सचेतक र एक पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् । उनीहरुले प्रतिनिधि सभा

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 665 पटक पढिएको
  • जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर क्षतिग्रस्त

    काठमाडौं । जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ ।जसमध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ ।वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ ।

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 307 पटक पढिएको
  • पहिलो गोली खाने जेनजी विमलको परिवारको माग : सहिद घोषणा गरियोस

     काठमाडौं । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षिय बिमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् । उनी कहिल्यै घर फर्किदैँन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन् । बिमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन् । एउटा टिकटक भिडियोमा आफ्नो दाईलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा बहिनीले भनिन्, ‘दाईलाई गोली लागेको थाहा पनि थिएन् । एक जना दिद

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 310 पटक पढिएको
  • नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

    रौतहट— जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् । शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।जितिया पर्वको (नहायखाय) अर्थात पवित्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 603 पटक पढिएको
  • मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झना

    मुगु— जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जना युवाहरूको सम्झनामा सदरमुकाम गमगढीमा रहेको बिपी चोकमा श्रद्धान्जली सभा गरिएको छ । सभापछि जेनजी युवाहरूले सफलता हाँसिल गरी अन्तरिम सरकार निर्माण भएपछि स्मृतिमा सभा आयोजना गरिएको हो । सभामा आन्दोलनले अघि सारेको म्यान्डेट अनुसार काम गर्न स्थानीय नागरिक समाजका अगुवा रुप बहादुर मल्लले आग्रह गरेका छन् । अगुवा मल्ल अनुसार मुगुमा प्रदेश, संघ र स्थानीय तहबाट सन्चालन भएका योजनामा अनियमितता हुने गरेकाले जेनजीको ध्यान जान जरुरी रहेको बताए । 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 572 पटक पढिएको
  • कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै आयोगले कैदीबन्दीहरु कारागारबाट भाग्दा अपराध पीडितको अधिकार हनन हुने भएकाले कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको हो । ‘प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारीहरु प्राप्त भएका छन् । बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानक

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 693 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.