समाचार

    Showing 11,301-11,310 of 26,683 items.
  • गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    काठमाण्डौ - गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले  भने।जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा राजीनामा

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 248 पटक पढिएको
  • सामाजिक संजाल खोल्न कांग्रेसको आग्रह प्रधानमन्त्री ओलीले ठाडै अस्विकार

    काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हालै प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू तत्काल खोल्न नसकिने अडान लिएका छन्। यसअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बैठकमा पार्टी निर्णय प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए। पौडेलले प्रस्ताव राख्दै भने, “जे क्षति भयो, त्यो क्षति अनुसार आजको मन्त्रिपरिषद् बैठक बस्दै गर्दा आन्दोलनकारीको मागबारे केही न केही सम्बोधन गर्नुपर्छ। त्यस क्रममा सामाजिक सञ्जाल दर्ता कुटनैतिक ढंगले पहल गर्दै तत्क

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 328 पटक पढिएको
  • नारावाजी गरेको भन्दै हस्पिटल बाहिर घाइते र मृतकका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

    काठमाण्डौ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आन्दोलन उग्र बनेको थियो ।प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा परी देशभरका विभिन्न अस्पतालमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । जसमध्ये ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 298 पटक पढिएको
  • जेनजी आन्दोलनमा १९ जनाको मृत्युपछि नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिए

    काठमाडौं— जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।  आन्दोलनमा दुई सय जना घाइते भएका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 770 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं— जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौं मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.गोपाल सेडाइँले जानकारी दिए। अहिले काठमाडौंका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहर

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 670 पटक पढिएको
  • सरकारले नैतिक वैधानिकता गुमायोः शान्ति समाज

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ ।भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ । ‘२०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको (समाचार अनुसार १४ जना) र पत्रकारहरुसहित दर्जनौ घाइते भएको (२३ गते अपरान्ह्सम्म)घटन

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 698 पटक पढिएको
  • इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश

    विराटनगर— सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ ।इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 598 पटक पढिएको
  • सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 293 पटक पढिएको
  • प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

    काठमाडौं— जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन झन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते भएका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 766 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.