समाचार

    Showing 11,341-11,350 of 24,748 items.
  • सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै

    • प्रकाशित मितिः असार २५, २०८२
    • 385 पटक पढिएको
  • आज पनि राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि संसद् बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 179 पटक पढिएको
  • दाउन्ने अपडेटः नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु

    काठमाडौं – पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एक तर्फि रुपमा सुचारु भएको छ ।नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पुर्ण रुपमा बन्द भएको थियो । अहिले प्रहरीको सहयोगमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करीब ११ बजेबाट एकतर्फ रुपमा बाटो सञ्चालनमा आएपनि हिले दुई तर्फी रुपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।बिहान करीब

    • प्रकाशित मितिः असार २५, २०८२
    • 465 पटक पढिएको
  • डीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

    काठमाडौं – मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ ।बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राज

    • प्रकाशित मितिः असार २५, २०८२
    • 395 पटक पढिएको
  • पत्रकारमाथि दुर्व्यवहार: महासंघद्वारा घटनाको निन्दा, दोषीमाथि कारबाहीको माग

    काठमाडौं— महोत्तरी र रामेछापमा दुई पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा निन्दा गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षेरीत विज्ञप्तिमा दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।महोत्तरीका पत्रकार तथा एचटिपी खबरका सञ्चालक दिवाकर साहमाथि २०८२ असार २३ गते सोमबार राति जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा समाचार संकलनका क्रममा दुर्व्यवहार भएको थियो। ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा साह घटनास्थल पुगेका बेला केही व्यक्तिहरूले पेशागत कार्यमा बाधा पुर्र्याउने गरी व्यवहार गरेको महासंघ महोत्तरी शाखाल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 504 पटक पढिएको
  • मानव बेचबिखनको आरोपमा एक जना पक्राउ, भारतमा जबर्जस्ती नाच्ने र यौन दुर्व्यवहार गर्ने आरोप

    काठमाडौ— काठमाडौँ महानगरपालिका–२६ बबरमहलकी एक महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल पक्राउ परेका छन्।पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो रु. ४,००० पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।थानकोटबाट बस चढ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 692 पटक पढिएको
  • आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँई पक्राउ

    जनकपुर – गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरा

    • प्रकाशित मितिः असार २५, २०८२
    • 267 पटक पढिएको
  • सिठीको आवाजमा सुनचाँदी व्यवसायीको आक्रोश

    काठमाडौं –"नयाँ नेपालमा व्यवसाय गर्न सजिलो छैन!" यही सन्देश बोकेर आज राजधानी काठमाडौंको सडकमा सुनचाँदी व्यवसायी र कालिगढहरू उत्रिए। करको अन्यायपूर्ण भारविरुद्ध आवाज उठाउँदै नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ को अगुवाइमा र्‍यालीसहित कोणसभा कार्यक्रम सम्पन्न भयो।व्यवसायीहरूको प्रमुख मागहरूमध्ये, हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनमा लगाइएको २ प्रतिशत विलासी कर हटाइनुपर्ने माग सर्वप्रमुख छन्। उनीहरूको भनाइमा, यी करहरूले व्यवसाय तहस–नहस बनाएको छ, साना व्यापारीहरू मर्कामा परेका छन्, र कालिगढहरूको रोजीरोटी संकटमा छ।"सरकार हामीलाई विलासी

    • प्रकाशित मितिः असार २५, २०८२
    • 424 पटक पढिएको
  • उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

    काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 494 पटक पढिएको
  • हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ – मन्त्री अधिकारी

    काठमाडौं –  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम

    • प्रकाशित मितिः असार २५, २०८२
    • 222 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.