समाचार

    Showing 11,351-11,360 of 24,750 items.
  • उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

    काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 494 पटक पढिएको
  • हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ – मन्त्री अधिकारी

    काठमाडौं –  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम

    • प्रकाशित मितिः असार २५, २०८२
    • 222 पटक पढिएको
  • कैलालमा एक किशोरी आफ्नै खेल प्रशिक्षकबाट बलत्कृत

    कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाकी एक किशोरी बलात्कृत भएकी छिन् । धनगढीकै एक पुरुषले १५ वर्षीया किशोरीमाथि पटक – पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।पछिल्लोपटक ती किशोरीमाथि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।‘आरोपित भने  फरार रहेको र  खोजी कार्य भइरहेको छ,’ डीएसपी बोहराले भने । आरोपित पुरुष भने  किशोरीका खेल प्रशिक्षक हुन् ।पछिल्लोपटक किशोरीलाई घुम्न जाउँ भन्दै पुनर्वास नगरपालिकाको आइबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै

    • प्रकाशित मितिः असार २५, २०८२
    • 270 पटक पढिएको
  • राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको भन्दै राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोहि अनुरुप बैंकले आज पनि तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढी

    • प्रकाशित मितिः असार २५, २०८२
    • 313 पटक पढिएको
  • भूमि विधेयकमा कांग्रेस महामन्त्री शर्मा असन्तुष्ट, आजको कार्यसूचीबाट हटाउन माग

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधिसभाबाट अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकप्रति खुला असहमति जनाएका छन्। उनले विधेयक पर्याप्त गृहकार्य विना संसदमा पेश गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।शर्माले  भनेका छन्, "भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आफैंमा फेरि संशोधन गरेर सहमति खोज्न जरुरी छ। पर्याप्त तयारी नगरी संसदमा सोझै पारित गर्न प्रस्तुत गरिएकोमा स्पष्ट असहमति जनाइन्छ।" उनले विधेयकप्रति सहमति जुटाउन सरकारलाई आग्रह गर्दै "लटरपटर नगरी" ठोस पहल गर्नुपर्ने बताएका छन्। साथसाथै उनले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट समेत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 360 पटक पढिएको
  • "निष्पक्ष पत्रकारितामाथि दबाब, सत्ताको असहिष्णुता?"

    काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्, "पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।" शाहल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 415 पटक पढिएको
  • दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

    ओसाका – जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पु¥याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ ।दोलखा समाज जापानका अध्यक्ष संजिव पोखरेलले भने, ‘हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित रा

    • प्रकाशित मितिः असार २५, २०८२
    • 303 पटक पढिएको
  • स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील

    काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।रसुवा जिल्लाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरुपमा बगेको तथा जनधनको ठूलो क्षति भएकोमा स्तब्ध भएको अध्यक्ष गुरुङले जनाएका छन् । गुरुङले मंगलबार विज्ञप्ति जारी गरेर भने, ‘नेपाल तरुण दल केन्द्रीय समितिले प्राकृतिक विपत्तिको यस कठिन समयमा रसुवा र नुवाकोट जिल्लाका जनसमुदायलाई खोला किनारबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्दै यस विपत्तिको घड

    • प्रकाशित मितिः असार २५, २०८२
    • 243 पटक पढिएको
  • पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह

    जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मंगलबार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न अ ाउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 371 पटक पढिएको
  • बाढीले विद्युत् आयोजनाको पावर हाउस बगाएपछि एक सय ३० घरमा बिजुली आपूर्ति बन्द

    बागलुङ— अविरल वर्षासंगै आएको बाढीले जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुथन्थापस्थित कालुंखाले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।बुधबार बिहानको आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिइन् । गत वर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोक

    • प्रकाशित मितिः असार २५, २०८२
    • 440 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.