समाचार

    Showing 11,401-11,410 of 24,751 items.
  • भोटेकोशीमा बाढी बढेपछि सुरक्षा गोष्ठी छोट्याइयो

    काठमाडौं— धुलिखेलमा निर्धारित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ रसुवाको चिलिमे क्षेत्रमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा सम्पन्न हुन सकेन। भोटेकोशीको भीषण बाढीमा १८ जना बेपत्ता भएपछि, जसमा केही सुरक्षाकर्मी पनि समावेश छन्, गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेका हुन्।गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गरेका थिए। यसमा गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), सुरक्षा निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 417 पटक पढिएको
  • तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै

    लहान— लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे । उनका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो । “सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ । मैले नगरप्रमु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 641 पटक पढिएको
  • टीकापुर नगरपालिकामा कुपोषित बालबालिका खोजी अभियान तीव्र, सुधारका लागि बहुआयामिक प्रयास

    कैलाली— बालबालिकामा शीघ्र कुपोषण अन्त्य गर्न टीकापुर नगरपालिकाले कुपोषित बालबालिकाको खोजी अभियान तीव्र पारेको छ। संघीय सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय सरकारको समन्वयमा ६ महिना देखि ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा तथा सुधारका कार्यक्रमहरु सञ्चालनमा छन्।टीकापुर नगर क्षेत्रका पाँचवटा स्वास्थ्य संस्थामार्फत बालबालिकाको उचाइ, तौल नापी पोषणको अवस्था मापन गरिँदै छ। यसै क्रममा, हालसम्म ३० बालबालिका शीघ्र कुपोषणको शिकार भएका र १२० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्यांक सार्वजनिक गरिएको छ।स्वास्थ्यकर्मीहरू स्वयं समुदायमा पुगेर पोषण लेखाजोखा गर्न थालेपछि गत वर्षको तुलनामा कुपोषित ब

    • प्रकाशित मितिः असार २४, २०८२
    • 708 पटक पढिएको
  • रसुवामा बाढी : तिन प्रहरीसहित १५ जना बेपत्ता, उद्धार कार्य जारी

    काठमाण्डौ । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएका हुन् ।रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार भइरहेको बताए ।’इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 441 पटक पढिएको
  • दाउरा संकलन गर्न त्रिशुली नदीमा पुगेका २ जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

    काठमाडौं— त्रिशुलीमा बाढी आउँदा दुई जना नदीको बिचमा फसेका छन्। बिदुर नगरपालिका— १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।नदीको बीचमा दाउरा संकलन गर्न पुगेका उनीहरु बिहानदेखि त्यहाँ फसेका थिए। दाउरा संकलनका क्रममा बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ। 

    • प्रकाशित मितिः असार २४, २०८२
    • 531 पटक पढिएको
  • जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले यो जानकारी दिएका हुन् ।कांग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ । यो कदमले विश्वभर छरिएर रहेका नेपाली

    • प्रकाशित मितिः असार २४, २०८२
    • 181 पटक पढिएको
  • ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

    रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५

    • प्रकाशित मितिः असार २४, २०८२
    • 221 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पै

    • प्रकाशित मितिः असार २४, २०८२
    • 248 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको  छ।दिउँसो सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 375 पटक पढिएको
  • १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

    काठमाडौं— सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिए पनि अन्सारीले रकम बुझाउन नसकेपछि उनी जेल पुगेका हुन्।नक्कली नोट प्रकरणमा सजाय पूरा गरेर रिहा भएको केही समयमै, गत जेठ १० गते शनिबार, सीआईबीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीसहित चार व्यक्ति र एक संस्थामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित उनकी पत्नी सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई प्रतिवादी बनाइएको छ। ती तीन जना हाल फरार छन्।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 540 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.