समाचार

    Showing 11,521-11,530 of 26,686 items.
  • दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

     काठमाडौं— दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो।आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो। 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 607 पटक पढिएको
  • सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एमाले नेता ऐन महरविरुद्ध मुद्दा दर्ता

    काठमाडौं— नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरेको हो। उनीमाथि एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ।अब अदालतमा महरको उपस्थितिपछि उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिरी जमानीमा राख्ने भन्नेबारे थुनछेक बहस हुनेछ।यसअघि, भदौ ११ गते सरकारी वकिल कार्यालयले महरलाई हाजिरी जमानीमा छाडेको थियो।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 643 पटक पढिएको
  • बँदेलका लागि थापिएको पासोमा परे मान्छे, एक जना पक्राउ

    ललितपुर— बँदेल समात्न थापिएको पासोमा एक व्यक्ति परेर घाइते भएपछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ।बागमती गाउँपालिका–३, ललितपुरका कृष्ण भोलनले मकैबारीमा बँदेल थाप्न राखेको पासोमा परेर ५० वर्षीय मानबहादुर जिम्बा घाइते भएका हुन्। भदौ १२ गते घटेको घटनापछि जिम्बाको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।प्रहरीका अनुसार भोलनलाई पक्राउ गरी म्याद थप गरिएको छ। चापागाउँ प्रहरी वृत्तले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 659 पटक पढिएको
  • संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन्ः मन्त्री गुरुङ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए । उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला ।  म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म ज

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 743 पटक पढिएको
  • अफगानिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या बढ्दो

    एजेन्सी— पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ। स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ ।  मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ ।‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 620 पटक पढिएको
  • ‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’

    एजेन्सी— चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनको बारेमा टिप्पणी गर्दै, उनले सन् २००१ मा स्थापना भएदेखि चीनले सम्मेलनको अध्यक्षता ग्रहण गरेको यो पाँचौं पटक पनि बताए । ‘सांघाई सहयोग संगठन (एससिओ)एक व्यापक बहुपक्षीय संगठन हो । चीन र यसका सदस्य राष्ट्रहरू बीचको व्यापार अहिले ५१२ बिलि

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 627 पटक पढिएको
  • रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्नाः ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

    काठमाडौं— नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ । धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । विधेयकलाई

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 755 पटक पढिएको
  • संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित

    काठमाडौं— विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै पारित गरिएको हो । बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवनले विधेयकमा प्रशासनिक सुधार समितिलाई समावेशी समूह बनाई प्रतिवेदनमा आएपनि महिला, दलित, जनजाती, मधेशी अट्न नसकेको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए ।&

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 672 पटक पढिएको
  • अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए ।  उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकता

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 605 पटक पढिएको
  • अध्यक्ष ढकाल भन्छन गायत्री महायज्ञको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न आवश्यक छ

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले धार्मिक कार्यक्रमले विकृति, विसङ्गती हटाएर सुसंस्कृत समाजको निर्माणका लागि प्रेरणा दिने बताएका छन् । बानेश्वरमा जारी गायत्री महायज्ञमा बोल्दै उनले यस्ता धार्मिक कार्यक्रमले समाजको उन्नती, प्रगती र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे । उनले भने,‘यस्ता धार्मिक कार्यक्रमले समाज र राष्ट्रको उन्नती–प्रगती साथै भविष्यमा नेपालको उन्नतीको लागि धार्मिक क्रियाकलापले महत्वपूर्ण योगदान पुर्याउँछ । समाजमा भएको विकृति, विसङ्गती हटाइ सुसंस्कृत समाजको निर्माण गर्न यस्ता कार्यक्रमहरुले प्रेरणा दिन्छ ।’त्यस्तै उनल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 663 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.