समाचार

    Showing 11,541-11,550 of 26,686 items.
  • आज पनि बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 699 पटक पढिएको
  • सरकारी अस्पतालको एनआईसीयूमा मुसाको आतङ्क, दुई शिशु घाइते

    इन्दौर – भारतको मध्य प्रदेशस्थित इन्दौरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना भएका दुई नवजात शिशु मुसाले टोकेपछि अस्पताल प्रशासन आलोचनामा परेको छ।अस्पताल स्रोतका अनुसार केही दिनअघि जन्मिएका ती दुवै शिशु आइतबार र सोमबार क्रमशः मुसाको आक्रमणमा परेका हुन्। पहिलो दिन एक शिशुको हात टोकेर घाइते बनाइएको थियो भने भोलिपल्ट अर्को शिशु पनि त्यस्तै घटनामा परेपछि दुबैको उपचार भइरहेको छ।घटना सार्वजनिक भएपछि अस्पतालले आकस्मिक रूपमा मुसा नियन्त्रण अभियान सुरू गरेको छ। यद्यपि, यसअघि पनि अस्पतालमा मुसा र सरसफाइसम्बन्धी गुनासा उठ्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 785 पटक पढिएको
  • गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

    काठमाडौं – काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए । घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १, ३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ ।  घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।भीमसेनथापा गाउँपालिका–३ स्थित तान

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 584 पटक पढिएको
  • सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

    विराटनगर – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 560 पटक पढिएको
  • कोशी प्रदेशमा मन्त्री–सचिव विवाद : गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

    विराटनगर – कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए । तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो । पाण्

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 565 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 466 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५  रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 468 पटक पढिएको
  • आज २०८२ साल भदौँ १७ गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने सम्भावना प्रबल छ। भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्छन् । पितासँग सम्बन्ध सुधार हुने सम्भावना छ । अध्ययन तथा प्रतियोगिता क्षेत्रका लागि लाभदायक समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ । मानसिक तनाव तथा अप्रत्याशित खर्चले दिनलाई केही कठिन बनाउन सक्छ । गोप्य विषयमा रुचि बढ्न सक्छ, तर जोखिमपूर्ण कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)साझेदार वा जीवनसाथीसँग विचार-विमर्श आवश्यक हुन

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 497 पटक पढिएको
  • लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

    काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के.एल. दुगड ग्रुपसँग सम्झौता गरेको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल.दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो । मुख्य प्रायोजकको रुपमा के.एल. दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ । नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँग

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 549 पटक पढिएको
  • अभ्यास सिरिजमा नेपाल ‘ए’ लाई टी–२० सिरिजको उपाधि

    काठमाडौं । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोड्े । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.