समाचार

    Showing 11,681-11,690 of 24,757 items.
  • मन्त्री पौडेलले गराए नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए ।नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए ।मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति

    • प्रकाशित मितिः असार १३, २०८२
    • 237 पटक पढिएको
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ ।शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 241 पटक पढिएको
  • हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

    • प्रकाशित मितिः असार १३, २०८२
    • 250 पटक पढिएको
  • सामाजिक सञ्जाल मार्फत २३ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् । समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 624 पटक पढिएको
  • श्रीमतीसँगको सम्बन्धमा शंका लागेपछि बञ्चरो प्रहार गरी दाजुले गरे भाइको हत्या

    अर्घाखाँची— श्रीमतीसँग अवैध सम्बन्ध राखेको आशंकामा एक व्यक्तिले आफ्नै सहोदर भाइको हत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा भएको घटनामा ४२ वर्षीय टेकबहादुर बादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर बादीलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार हत्या आरोपी टेकबहादुरलाई बिहीबार पक्राउ गरिएको हो। उनी भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्।स्थानीयका अनुसार अविवाहित ओमबहादुरको घरमा आचरणको विषयमा पहिल्यैदेखि विवाद हुँदै आएको थियो। तीन दाजुभाइमध्ये ओमबहादुर माइला दाजु टेकबह

    • प्रकाशित मितिः असार १३, २०८२
    • 569 पटक पढिएको
  • रास्वपाले संसदीय दलको बैठक बोलायो

    काठमाडौं— प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले

    • प्रकाशित मितिः असार १३, २०८२
    • 419 पटक पढिएको
  • एसईई नतिजा प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्दै

    भक्तपुर— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४

    • प्रकाशित मितिः असार १३, २०८२
    • 581 पटक पढिएको
  • नुवाकोटमा बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

    नुवाकोट— नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता बलामीको  खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको उनले बताए ।सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाको

    • प्रकाशित मितिः असार १३, २०८२
    • 482 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्री दर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ६१ पैसा र बिक्रीदर १८८ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ६७ पैसा र बिक्रीदर १७१ रुपियाँ ४१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ र बिक्र

    • प्रकाशित मितिः असार १३, २०८२
    • 273 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमार बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः असार १३, २०८२
    • 280 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.