समाचार

    Showing 1,211-1,220 of 26,420 items.
  • पसिनाको मूल्य माग्दै किसानहरु सडकमा, गोलभेंडाले भरियो माइतीघर

    काठमाडौं। खेतमा पसिना बगाएर उत्पादन गरेको गोलभेंडाले उचित मूल्य नपाएपछि किसानहरू आक्रोशित बनेका छन्। आफ्नो पीडा सरकारसम्म पुर्‍याउन उनीहरूले राजधानीको माइतीघर मण्डलमा सडकभरि गोलभेंडा फालेर विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा उत्रिएका किसानहरूले गोलभेंडासहित सबै तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बिमा प्रभावकारी रूपमा लागू गर्न र उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।उत्पादन लागतसमेत नउठ्ने गरी व्यापारीले मूल्य तोक्दा महिनौंको मेहनत सडकमा फाल्नुपर्ने अवस्था आएको किसानहरूको गुनासो छ। राज्यले किसानको पसिनाको मूल्य सुनिश्चित गर्न नसके कृषि पेशा नै संकटमा प

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 210 पटक पढिएको
  • मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

    काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए। विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।‘हाम्रो उ

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 195 पटक पढिएको
  • कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए

    सुर्खेत / कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए । अकस्मात मन्त्रीहरुले राजिनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ । २०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागि नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन् । काँग्रेसबाट सरकारमा सहभाग

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 210 पटक पढिएको
  • रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा एक युवक गम्भीर घाइते

    रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।  देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य केही कारणले सो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ । आगोबाट निजको घाँटीमुनिको भाग करिब ३.१५ प्रतिशत जलेको रौतहट प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले बताए । उनका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 191 पटक पढिएको
  • अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल, अब पर्खाल लगाइने

    विराटनगर / देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइएपछि अस्पतालले अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर संरक्षण गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डा. चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा स्वास्थ्य सेवा विस्तारका लागि ती संरचना हटाउनु आवश्यक रहेको बताए । अस्पतालको स्वामित्वमा त्यहाँ पाँच बिघाभन्दा बढी जग्गा रहेको छ । कुराकानीमा डा. झाले अतिक्रमण हटा

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 161 पटक पढिएको
  • घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह

    काठमाडौं / उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख डाटाबेस निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताएका हुन्। बुधवार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल राज्यसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा समस्या भइरहेको बताए ।उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी,

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 169 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 179 पटक पढिएको
  • विज्ञापन बोर्डमा दरखास्त आह्वान

    काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज बुधबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद साउन ८ गतेसम्म रहेको छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रूपमा वितरण हुने गर्दछ । विज्ञापन बोर्डले वस्तु वा सेवाको

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 151 पटक पढिएको
  • सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

    काठमाडौं / नेपाल धितोपत्र बोर्ड सेबोनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ ।बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ ।धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 223 पटक पढिएको
  • जनकपुर रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, कीर्तिपुर रिफर

    काठमाडौं— रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।उनले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन् । घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो।प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाण्डु रिफर गरिएको प्रहरीले जनाएको छ।सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१।५ प्रतिशत भाग जलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 393 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.