काठमाडौं— चीनको लीप मोटरले यो वर्षको अक्टोबरमा ७० हजार २८९ भन्दा बढी सवारीसाधन बिक्री गरिएको घोषणा गरेको छ । यो आँकडा गत वर्षको तुलनामा ८४ प्रतिशतभन्दा बढी हो ।लीप मोटरलाई चीनको नयाँ ऊर्जा सवारी (न्यु इलेक्ट्रिक भेहिकल) स्टार्टअपका रूपमा अझ सुदृढ बनाएको कम्पनीको दाबी छ ।यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री रहेको कम्पनीले जनाएको छ ।लीप मोटरले नेपालसहित विश्वव्यापी बजारमा उन्नत र उच्च प्रदर्शका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं— रवि महाभारा समाजले लेखक तथा पत्रकार सचित राई र समाजसेवी अमृता राईलाई नागरिक सम्मान २०८२ बाट सम्मान गरेको छ ।उक्त संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । समाजका सल्लाहकार चन्द्रप्रकाश थापाले सम्मानित दुवै जनालाई सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष दिलेन्द्र मुकारुङ राईले माला पहि¥याइदिएका थिए । सचितले साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रबाट समाज र राष्ट्रका लागि सेवा पु¥याएको उक्त योगदानको उच्च मूल्यांकन गरिएको सम्मानपत्रमा उल्लेख छ । इलाम माङसेबुङ गाउँपालिकाका उनका अनुसन्धानमूलक कृति ‘माङखिम’, कविता संग्रह ‘अर्को भ
काठमाडौं— गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ ।सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो । बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। सँस्थाको बार्ष
मुग्लिन। सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
काठमाडौं— नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’सहमतिको प्रमुख बुँदाहरूमा विगतका
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिनुभयो । जबकी गत आवको तीन महिनामा भने रु छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करो
जनकपुर— जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए ।कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ
काठमाडौं— स्पेनिस ला लिगामा मलोर्काविरुद्ध रियल बेटिसले ३–० को सानदार जित हासिल गरेको छ । यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ ।पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेसँगै रियल बेटिस ३–० ले विजयी बनेको हो । खेलको सुरुदेखि नै मलोर्कामाथि दबाब बनाएको बेटिसका लागि युवा फरवार्ड एन्टोनीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए । उनले खेलको १०औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।
म्याग्द। यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उहाँले भन्नुभयो “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।”स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरे
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।यस्तो मिसाइल सतहबाट
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.