समाचार

    Showing 12,641-12,650 of 26,699 items.
  • बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेकाले उपभोक्तालाई पानी उमालेर मात्र पिउन कामपाको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाले बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ। कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बर्खाको समयमा विभिन्न स्थानबाट पानी भित्रिने भएकाले मापदण्डविपरीतको पानी बिक्री हुने सम्भावना अधिक हुन्छ। यसै कारणले महानगरपालिकाले उपभोक्ताहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। उनले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन भइरहेको जानकारी दिए।गत असार महिनामा मात्रै कामपाले मापदण्ड नपुगेका १५९ वटा पानी जार नष्ट गरेको थियो। सहरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 885 पटक पढिएको
  • सूर्यविनायक नगरपालिकामा कवाडी सामानमा समेत अवैध कर असुलीः कारबाहीको माग गर्दै वाणिज्य विभागमा उजुरी

    भक्तपुर— सूर्यविनायक नगरपालिकामा कवाडी सामान खरिद बिक्री गर्दा समेत अवैध रूपमा कर असुली भइरहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्। उनीहरुले नगरपालिकाका केही कर्मचारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको मिलोमतोमा कवाडी सामान बोक्ने सवारी साधनबाट गैरकानुनी रुपमा रकम असुली हुँदै आएको आरोप लगाएका छन्।यसै विषयमा व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लिखित उजुरी दर्ता गराएका छन्। उजुरीमा भनिएको छ, “कुनै कानुनी आधार विना कवाडी मालसामान बोक्ने गाडीहरू बाटोमै रोकेर रकम असुली गर्ने काम भइरहेको छ। यसले व्यवसायमा नकारात्मक प्रभाव परेको छ।”व्यवसायीहरुको भनाइमा, कवाडी उद्योगले फोहोर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 931 पटक पढिएको
  • बाँससम्बन्धी नीति निर्माणको माग गर्दै अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पताल भर्ना

    काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 1,522 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका–१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपूर्ति बापत ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 754 पटक पढिएको
  • राजनीतिक दललाई अंक दिने तयारीमा निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले अबदेखि राजनीतिक दलको व्यवहार र स्वमूल्याङ्कनको आधारमा अंक दिने भएको छ।अंकको आधारमा नै दलहरूले सरकारबाट प्राप्त गर्ने सुविधा तथा अवसर निर्धारण गरिनेछ।यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ तयार पारेको छ।उक्त कार्यविधिको मस्यौदा सार्वजनिक गर्दै आयोगले राजनीतिक दल, सरोकारवाला र विज्ञहरूबाट सुझाव समेत मागेको छ।मूल्याङ्कन समिति गठन हुनेदलको मूल्याङ्कन, रेखदेख र निर्देशन गर्न आयोगले एक मूल्याङ्कन समिति बनाउनेछ।समितिको संयोजक आयोगका सचिव रहनेछन्।अन्य सदस्यमा आयोगका विभिन्न महाशाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख र

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 494 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

    काठमाडौं— गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले बाह्रखरीलाई जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए । उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 753 पटक पढिएको
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, एक जना घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर रहेका छन् ।बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले  बताए ।मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 584 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार  भएको चाँदी आज तोलामा ४० रुपैयाँले  घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 511 पटक पढिएको
  • भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

    राजविराज – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका हुन् । उनले भने, ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’ सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 484 पटक पढिएको
  • पाँच संसदीय समितिका बैठक आज बस्दै

    काठमाडौं— आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ ।बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.