समाचार

    Showing 13,481-13,490 of 26,701 items.
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

    काठमाण्डौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  कुल २ लाख ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 389 पटक पढिएको
  • जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

    बारा – बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन । उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको

    • प्रकाशित मितिः असार १९, २०८२
    • 416 पटक पढिएको
  • बागमती प्रदेशसभा बैठक, बजेटबारे छलफल हुने

    काठमाडौं—  बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकको भनाइ छ । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 460 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, आजै बयान लिने तयारी

    काठमाडौं— चर्चित पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा आज बिहान उपस्थित भएका छन्। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठक बिहान ९ बजे अदालत पुगेका हुन्।पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्यूरोमार्फत् मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालयले उजुरीको आधारमा उनीमाथि “विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन” गरेको अभियोग लगाएको हो।आजै अदालतमा पाठकको बयान लिने र त्यसपछि थुनछेक बहस सुरू गर्ने तयारी गरिएको छ।साइबर ब्यूरोमा परेको उजुरीअनुसार, पाठकले आफ्नो युट्युब च्यानलबाट प्रसारण गरेको एक भिडियोमा नेपाली कांग्रेस सभा

    • प्रकाशित मितिः असार १९, २०८२
    • 664 पटक पढिएको
  • हात्तीको आक्रमणबाट मृत्यु

    भद्रपुर (झापा), १९ असारः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको  घटनास्थलमा  नै मृत्यु भएको हो । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 280 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 288 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको

    • प्रकाशित मितिः असार १९, २०८२
    • 331 पटक पढिएको
  • घोटाला प्रकरणमा कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो।सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 576 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा गरिएको प्रहरी कारबाहीमा लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।वडा प्रहरी कार्यालय भद्रपुर, झापाको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का २६ वर्षीय बिर बहादुर राजबंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको शनिश्चरे–८ निवासी ३२ वर्षीय उजिर लिम्बुलाई विराटनगर–१५ स्थितबाट २ ग्राम ४ मिलिग्राम

    • प्रकाशित मितिः असार १८, २०८२
    • 831 पटक पढिएको
  • २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— करार बमोजिम वस्तुको मूल्य बापतको रकम नतिरी फरार रहेका प्रतिवादी दिनेश सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। वादी पूजा सोप एण्ड हाउसहोल्ड प्रा.लि. को तर्फबाट दायर मुद्दामा प्रतिवादीमाथि रु ३,९३,३१२।८३ (अक्षरेपी तीन लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैयाँ त्रियासी पैसा) बिगो बराबरको रकम नतिरेको आरोपमा २ वर्ष कैद सजाय तोकिएको थियो।काठमाडौं महानगरपालिका–३४ स्थायी घर भई हाल महानगरपालिका–३१ मिलनचोकमा बस्दै आएका ५५ वर्षीय दिनेश सिलवाल फरार रहेका थिए। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित मिलनचोकबाट पक्राउ गरेको हो।पक्राउ पश्चात् प्रतिवादीलाई

    • प्रकाशित मितिः असार १८, २०८२
    • 776 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.