काठमाडौं— सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे जानकारी लिन विमानस्थलस्थित सम्बन्धित कार्यालयको अनुगमन गरेको हो।अनुगमनका क्रममा समितिका सदस्यहरूले अध्यागमन प्रक्रिया, भन्सार व्यवस्थापन, यात्रुले प्राप्त गर्ने सेवा सुविधा तथा राजस्व संकलनको अवस्थाबारे जानकारी लिएका थिए।समितिले विमानस्थलबाट प्रवाह हुने सेवामा देखिएका समस्या, सुधार गर्नुपर्ने पक्ष र व्यवस्थापनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग छलफलसमेत गर
काठमाडौं / नेपालमा खेल पर्यटन स्पोट्र्स टुरिजमको सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले कुराकानीमा पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर बुझ्न नहुने बताए । उनले पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरे । उनका अनुसार सामान्यतया पर्यटन भन्नाले
काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे ।उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् ।सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले विधेयकको दफा ८ मा रहेको समीक्षा, मूल्याङ्कन र कार्यान्वयनसम्बन्धी व्यवस्था महत्वपूर्ण रहेको बताए । उनले विभिन्न समिति, आयोग र संस्थाले अध्ययन अनुसन्धान गरी तयार पारेका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा समस्या देखिएको उल्लेख गरे ।&n
काठमाडौं / अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले कुरा गर्दै अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसन अगाडि पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए ।उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो । जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाह
काठमाडौं / काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरीले सम्बन्धित कार्यालयमा पुगेर गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने बताएका छन् । उनले कसले र किन यस्तो गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भानुभक्तले संस्कृतको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई जनस्तरसम्म पुर्याएको र राष्ट्रिय एकताको आधार बलियो बनाउन ऐतिहासिक योगदान दिएको उल्लेख गरेका छन्।उनले भानुभक्तको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेपाली भाषा र साहित्यको संरक्षण, विकास तथा पुस्तान्तरणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।राष्ट्रपतिले तनहुँस्थित भानुभक्तक
काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो सवारी चोरीका घटनाबीच प्रहरीले फेला पारेका ५१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजित कार्यक्रममा पछिल्लो एक महिनामा बरामद भएका ३५ मोटरसाइकल र १६ स्कुटर सम्बन्धित मालिकलाई हस्तान्तरण गरेको हो।ट्राफिक प्रहरीका अनुसार अधिकांश सवारी साधन पार्किङ गरिराखिएको अवस्थामै चोरी हुने गरेका छन्। त्यसैले लामो समय सवारी पार्किङ गर्नुपरे नजिकको प्रहरी वा ट्राफिक कार्यालयलाई जानकारी गराउन तथा एन्टि–लक, अलार्म र जीपीएस ट्र्याकरजस्ता सुरक्षा प्रविधि प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।ट्राफिक प्रहरीको
रामेछाप / काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो। प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्
धनगढी। कञ्चनपुरको शुक्लाफाँटा जंगलमा घाँस काट्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ। आक्रमणमा बेलडाँडी गाउँपालिका–५ निवासी धनादेवी उपाध्याय घाइते भएकी हुन्।प्रहरीका अनुसार आइतबार साँझ जंगलमा घाँस काटिरहेका बेला बाघले अचानक आक्रमण गरेको थियो। स्थानीयको सहयोगमा उनको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.