धनगढी। कञ्चनपुरको शुक्लाफाँटा जंगलमा घाँस काट्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ। आक्रमणमा बेलडाँडी गाउँपालिका–५ निवासी धनादेवी उपाध्याय घाइते भएकी हुन्।

प्रहरीका अनुसार आइतबार साँझ जंगलमा घाँस काटिरहेका बेला बाघले अचानक आक्रमण गरेको थियो। स्थानीयको सहयोगमा उनको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।