काठमाडौं / काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।
अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरीले सम्बन्धित कार्यालयमा पुगेर गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने बताएका छन् ।
उनले कसले र किन यस्तो गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।






































