समाचार

    Showing 1,351-1,360 of 16,753 items.
  • ओलीले मद्दत माग्दा सेना प्रमुखसँग राजीनामा दिनुस् भनेपछि मात्र ओलीले दिए राजीनामा

    काठमाण्डौ  ।  प्रधानमन्त्री ओलीले मद्दत माग्दा सेना प्रमुखसँग राजीनामा दिनुस् भनेपछि मात्र ओलीले दिए राजीनामा दिन बाध्यभए।नेपालमा अहिले गम्भीर राजनीतिक संकट उत्पन्न भएको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलन अहिलेव्यापक जनविद्रोहमा परिणत भएको छ। सरकारका धेरैजसो मन्त्रीहरू र पूर्व प्रधानमन्त्रीहरूको निवासमा आक्रमण भएको छ भने प्रधानमन्त्री र सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको सेना प्रमुखसँग संवादयस संकटको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सेना प्रमुख अशोक राज सिग्देलसँग सम्पर्क गरेका थिए। उनले देशको अवस्था नियन्त्रणमा ल्याउन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 239 पटक पढिएको
  • प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 114 पटक पढिएको
  • जेन–जी आन्दोलन आज शीर्ष नेताहरूका घर लक्षित गर्दै आगजनी

    काठमाण्डौ  । काठमाण्डौमा जारी जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आज शीर्ष नेताहरूका घर लक्षित गर्दै आगजनी गर्ने घटनाहरू अघि बढाइरहेका छन्। स्रोतका अनुसार प्रदर्शनकारीहरूले प्राविधिक उपकरणको प्रयोग गरी नेताहरूको घर खोज्ने प्रयास गरिरहेका छन्। साथै, सामाजिक सञ्जाल समूहहरूमा नेताहरूका घरको वास्तविक स्थान (कोअर्डिनेट्स) साझा गर्दै अन्य समूह सदस्यहरूलाई पठाइरहेको पनि जानकारी प्राप्त भएको छ। यसले आन्दोलनको दायरामा सहभागी युवाहरूको सक्रियता र त्यसको व्यापक प्रभाव देखाउँछ।सुरक्षा निकायहरूले घटनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएका छन् र प्रमुख नेताहरूलाई सुरक्षित स्थानमा राख्ने तयारी भइ

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 155 पटक पढिएको
  • काठमाडौँमा रगतको अभाव, झापाबाट ७१ पाउण्ड रगत ल्याइयो

    झापा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७:१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेन जेड’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।जेन जेड पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए ।   जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ बजेसम्मका लागि दमक र

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 94 पटक पढिएको
  • प्रचण्डको घरमा जेनजी प्रदर्शनकारीको आक्रमण, गेट फुटाएर भित्र पस्ने तयारी

    काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् ।प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 138 पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङको घरमा तोडफोड, जेनजीले आगो लगाए

    काठमाण्डौ  ।  सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो लगाएका हुन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 128 पटक पढिएको
  • काठमाडौं चक्रपथभित्र आज बिहान साढे ८ पछि अनिश्चितकालीन कर्फ्यू आदेश

    काठमाडौं— काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू—भागमा कर्फ्यू आदेश जारी गरिएको हो ।सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 348 पटक पढिएको
  • हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 326 पटक पढिएको
  • ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी

    ललितपुर— ललितपुर जिल्लास्थित ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कफ्र्यू आदेश जारी गरेका छन् । कफ्र्यू आदेशअनुसार तोकिएको सिमाना भित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि ग

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 365 पटक पढिएको
  • संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु

    काठमाडौं— जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् । संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपा

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 303 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा