काठमाडौं। नेपाल सरकारका पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको सोमबार निधन भएको हो।
पोखरेलले २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। सार्वजनिक प्रशासन र गृह प्रशासनमा उनले पुर्याएको योगदानका लागि उनी परिचित थिए।
परिवारका अनुसार उनको पार्थिव शरीरको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
उनका परिवारमा एक छोरा र तीन छोरी छन्।






































