समाचार

    Showing 13,601-13,610 of 26,701 items.
  • धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

    धरान - धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 480 पटक पढिएको
  • डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

    डोल्पा -  डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः असार १३, २०८२
    • 286 पटक पढिएको
  • देउवाको भनाइ: कांग्रेस एकढिक्का भए बहुमत सम्भव

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त हुन सक्ने दाबी गरेका छन्।चितवनको नारायणगढमा शुक्रबार आयोजित लोकतान्त्रिक आन्दोलनकी अग्रणी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि सभामा बोल्दै देउवाले हालको निर्वाचन प्रणालीले कुनै एकल पार्टीलाई स्पष्ट बहुमत दिलाउन कठिन बनाएको उल्लेख गरे। तर, कांग्रेस एकढिक्का भएर अघि बढे बहुमत सम्भव हुने उनको भनाइ थियो।उनले कुनै पनि पार्टीलाई एकल बहुमत नआएकै कारण गठबन्धनको अपरिहार्यता रहेको बताए। साथै, देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक प्रणालीमा आधारित भएकाले यसलाई अझ सशक्त बनाउनु आवश्य

    • प्रकाशित मितिः असार १३, २०८२
    • 497 पटक पढिएको
  • एसईईको नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने

    काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले जनाएको  छ। प्राविधिक प्रक्रिया पूरा गरी बोर्डले आज निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ । एसईई २०८१ को परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरका २,००० भन्दा बढी परीक्षा केन्द्रहरूमा एकैसाथ सञ्चालन गरिएको थियो। यस वर्ष देशभरबाट करिब ५ लाख २७ हजार विद्यार्थी सहभागी भएका थिए।विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, वेबसाइट र मोबाइल एप्समार्फत प्राप्त गर

    • प्रकाशित मितिः असार १३, २०८२
    • 1,721 पटक पढिएको
  • जुवातास खेलिरहेका अवस्थामा पाँचजना पक्राउ

    काठमाडौं —  काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 557 पटक पढिएको
  • सुनचाँदी पसल बन्द गरेर विलासिता करविरुद्ध सडक उत्रिए व्यावसायीहरु

    काठमाडौं— सुन र गहना तथा सामानमा लगाइएको करविरुद्ध सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरुले राजधानीको न्यूरोडमा जुलुस निकालेका हुन् ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । त्यसविरुद्ध नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि समितिले आन्दोलन स्थगित गरेको थियो । तर, सरकारले माग सम्बोधन नगरी बजेट पास गरेकाले पुनः आन्दोलन थाल्नुपरेको व्यवसायीहरुको भनाइ छ । 

    • प्रकाशित मितिः असार १३, २०८२
    • 684 पटक पढिएको
  • चोरीमा संलग्न तीन भारतीय महिला विराटनगरबाट पक्राउ

    विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपि

    • प्रकाशित मितिः असार १३, २०८२
    • 732 पटक पढिएको
  • बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका

    • प्रकाशित मितिः असार १३, २०८२
    • 679 पटक पढिएको
  • हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा

    वीरगञ्ज (पर्सा), १३ असारः वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा आज यहाँ हर्षाेल्लाससहित मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका मुख्यमुख्य चोक परिक्रममा गरेर फेरि मन्दिर प्राङ्गणमा आएर रथयात्रा समापन भएको हो ।  बाजागाजा, झाँकी, डिजेसहित रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएर घण्टाघर, रेल्वेरोड, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक हुँदै श्रीराम सिनेमाहल विर्तामाई दुर्गा मन्दिर, अलखिया मठमन्दिर, राणीसती, आदर्शनगर, महावीर मन्दिर हुँदै पुनःगहवामाई मन्दिरमा आएर रथयात्रा टुङ्गिएको हो ।  रथयात्रामा हजारौ

    • प्रकाशित मितिः असार १३, २०८२
    • 314 पटक पढिएको
  • रुकुम पश्चिममा वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

    रुकुम पश्चिम— रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाईसीएल कर्णाली प्रदेश समिति सदस्य  ३० वर्षीय रेशम खत्री रहेका छन् ।खत्रीविरुद्ध १८ जेठमा पीडित किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए । जाहेरीपछि प्रहरीले अनुसन्धान गरेपछी खत्री फरार रहेका थिए।सानोभेरी गाउँपालिकामा लुकीछिपी बसिरहेको भन्ने सूचना पाएपछि पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए। उनका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।खत्री सत्तारूढ नेकप

    • प्रकाशित मितिः असार १३, २०८२
    • 627 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.