समाचार

    Showing 14,091-14,100 of 24,870 items.
  • पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

    भद्रपुर (झापा) । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया रु छ अर्ब ८२ करोड, अलैँची रु चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले बताए ।यस्तै, अदुवा रु २६ करोड १३ लाख, अम्लिसो रु ४९ करोड ७४ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी दुई क

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 361 पटक पढिएको
  • राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

    काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थ्इिन्। श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 286 पटक पढिएको
  • क्षतिग्रस्त बिपी राजमार्गः स्रोत सुनिश्चित गर्दै सरकार

    काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले सडक कुन मोडालिटीमा कसरी पुनःनिर्माण गर्ने भन्ने विषयमा निक्र्योल गर्न निरीक्षण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा डिभिजन सडक कार्यालय भक्तपुरको टोलीले शनिबार क्षतिग्रस्त सडकको अनुगमन समेत गरेको छ । सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनःनिर्माणका

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 171 पटक पढिएको
  • वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित

    महोत्तरी । पछिल्लो समय जङ्गली वन्यजन्तु गाउँबस्ती वरिपरी नै रमाउन थालेका छन् । पछिल्लो एक दशकपछि गाउँबस्ती छेउछाउमा बँदेलको सङ्ख्या बढ्नेक्रम जारी छ । सुरूमा सिकारीको चहलपहल छल्न र आहाराको खोजीमा वन क्षेत्रबाट बस्ती पसेका बँदेल गाउँबस्तीमै रमाएर आफ्नो बासस्थान बिर्सन थालेका छन् । बँदेलका शाखा सन्तान यतै वृद्धि भएपछि बस्ती नजिकका झाडी यिनको नयाँ बासस्थान बनेको स्थानीय बासिन्दाको भनाइ छ ।‘हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन÷चार पुस्ता देखिन्छन्,’ जलेश्वर–५ चौरिया बस्तीका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, ‘यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन्,

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 157 पटक पढिएको
  • नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै

    काठमाडौँ । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो ।नेपाल र भारतबीच मङ्गलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 217 पटक पढिएको
  • पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

    काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए ।महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरह

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 216 पटक पढिएको
  • सुन तोलाको एक लाख ६९ हजार छ सय

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 395 पटक पढिएको
  • पौवादुङमामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामासुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै  पहिलो पटक यो कार्यक्रम सुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ ।  कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु चालिस लाख, गाउँपालिकाको रु बीस लाख र दायित्व संस्थाको रु पन्ध्र लाख गरी कूल रु ७५ लाखको लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 279 पटक पढिएको
  • सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

    सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीयस्थलसमेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वनभित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरे तापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।‘यस दह धार्मि

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 301 पटक पढिएको
  • पूर्वाधारका पर्खाइमा सुनछहरा

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने ‘सुनछहरामा पूर्वाधार विकास र प्रवद्र्धनको आवश्यकता छ ।’भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइ

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.