झापा— झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह (करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए । उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।
काठमाडौं— विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो ।यो सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अनुसार, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई थप समृद्ध बनाउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा कार्यान्वयन गरिने यो परियोजनाले नयाँ वितरण सब(स्टेशन निर्माण, विद्यमान प्रसारण एवं वितरण
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि
काठमाडौं— सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रध
काठमाण्डौ । झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका कटुञ्जेबेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडा हुँदै महाभारत गाउँपालिका जोड्ने एकमात्र विकल्पको रुपमा रहेको झोलुङे पुल रोशी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक कुमार गौतमले २५ लाख रुपैयाँमा कवाडीलाई बिक्रि गरेका हुन् । गौतमले गत बैशाख २५ गते कवाडीलाई बिक्रि गरेको र सो रकम आफनै बैक खातामा जम्मा गरेको थाहा पाएपछि वडा सदस्य मानर्दोजे तामाङ सहित स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आईतबार किटानी जाहेरी दर्ता गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार झोलुङेपुलको सामान चोरी
कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर
काठमाडौं— काठमाडौँको चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको हो ।प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षित बालकुमारीतर्फको क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।
काठमाडौं— राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।
काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.