समाचार

    Showing 14,471-14,480 of 26,701 items.
  • नियमविपरीत प्रयोग गरिएको पाइयो विश्वविद्यालयको एक हजार हेक्टरभन्दा बढी जग्गा

    काठमाडौं— मुलुकका विश्वविद्यालयहरूसँग रहेको करिब एक हजार ४७९ हेक्टर अर्थात् १ करोड ४७ लाख ८९ हजार वर्गमिटर जग्गाको ठूलो हिस्सा नियमविपरीत प्रयोग भएको पाइएको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको महत्त्वपूर्ण सम्पत्ति अतिक्रमण, अनियमित भोगाधिकार, प्रयोग नभएको अवस्था वा विवादग्रस्त रूपमा रहेको छ ।प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयसँग मात्र १ करोड ३१ लाख ३७ हजार वर्गमिटर क्षेत्रफल बराबरको जग्गा थातथलो, ९ लाख ९९ हजार भोगाधिकार र अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गा रहेको छ । तर, विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको ११३ रोपनी जग्गा एक निजी आवासी

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 517 पटक पढिएको
  • पोखरामा बस दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भीर, २४ जना घाइते

    कास्की— पोखरा महानगरपालिका–२२ स्थित पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–२२ शान्ति स्तूप नजिकै छोरेपाटन बजारदेखि केही माथि बुधबार दिउँसो करिब १ बजे ग १ ख ३८८६ नम्बरको नगर बस पल्टिएको हो।दुर्घटनामा २४ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। दुर्घटनामा २० जना सामान्य घाइते भएका छन् भने बाँकी ४ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।बसमा २६ जना सवार रहेक

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 478 पटक पढिएको
  • संक्रमणकालीन न्याय प्रक्रिया विवादै विवाद, द्वन्द्वपीडितको आवाज समेट्न तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको अपिल

     काठमाडौं— संक्रमणकालीन न्याय प्रक्रिया फेरि पनि विवादको घेरामा परेको छ। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स जस्ता तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।उनीहरूले द्वन्द्वपीडितहरूका आवाज र अपेक्षा सम्बोधन नगरेको आरोप लगाउँदै नियुक्ति प्रक्रिया पुनरवलोकन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। गत वर्ष संसद्‌बाट पारित ‘संक्रणकालीन न्यायसम्बन्धी कानुन’ व्यापक समर्थनका साथ पारित भएको थि

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 277 पटक पढिएको
  • सिम्रौनगढको मेयर चढने गाडी दुर्घटना

    रौतहट  ३१ बैसाख। बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ  बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। गाड़ी र चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका बर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रव

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 344 पटक पढिएको
  • एनआरएनएलाई विभाजनको राजनीति नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तो विश्वव्यापी संस्थालाई व्यक्तिगत स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए कुनै राजनीतिक संगठन नभएको स्पष्ट पारे।“विदेश हाम्रो राजनीति गर्ने स्थान होइन,” प्रधानमन्त्री ओलीले भने, “एनआरएनए राजनीतिक दल होइन, त्यसैले यस संस्थालाई ‘कहाँ भोट हाल्छ’ भन्ने आधारमा हेर्नु अनुचित हुन्छ। यसको उद्देश्य नेपाली डायस्पोराको हकहित संरक्षण गर्नु र नेपालका लागि योगदान पुर्‍याउनु हो।”उनले एनआरएनएमा एकता, मेलमिलाप र समन्वय आवश्यक रहेको

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 232 पटक पढिएको
  • नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा

    काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर भोगिरहेको बताउँदै सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विश्व समुदायलाई एउटै मञ्चमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।बुधबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना’ अन्तर्गतको एक राष्ट्रिय कार्यशालामा बोल्दै उनले भनिन्, “नेपाल हिमाली देश भएकाले यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यन्तै गम्भीर छ। सगरमाथा संवादले नीति निर्मातादेखि पत्रकार र विविध समुदायहरूलाई जलवायु सम्बन्धी छलफलका लागि एकै स्थानमा ल्याउने प्रयास गर्छ।”उनले हिमालहरूलाई सगरमाथा संवादमा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 311 पटक पढिएको
  • कर्तव्य ज्यानका फरार व्यक्ति नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पूर्व भारतीय सैनिक रहेका पन्त अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जान

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 399 पटक पढिएको
  • विवाह समारोहमा करेन्ट लाग्दा २ महिलाको मृत्यु, एक घाइते

    विराटनगर — मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।प्रहरीका अनुसार, स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको थियो ।तीन जनामध्ये राधाकुमारी सिंहको अवस्था सामान्य रहेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले ब

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 324 पटक पढिएको
  • काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

     काठमाडौं— काठमाडौ महानगरपालिका–२४ मखनटोलमा ग्यास लिक भएर लागेको आगो नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो नियन्त्रणमा लिइएको हो।काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । सोही आगलागीको घटनामा अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 303 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.