समाचार

    Showing 1,451-1,460 of 26,466 items.
  • एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. क्षेत्री नियुक्त

    काठमाडौं / एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क एपीजीएनको नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा।जगदीशकुमार क्षेत्री नियुक्त भएका छन् ।एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व परिवर्तन गर्दै डा. क्षेत्रीसँगै भारतका डा.आशिष गोयललाई नेतृत्वमा चयन गरेको हो । नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स आईएजीजीको विश्व सम्मेलनका क्रममा गरिएको हो । डा. क्षेत्रीले लामो समयदेखि एपीजीएनको नेतृत्व गर्दै आएका अस्ट्रेलियाका प्राध्यापक लियोन फ्लिकरलाई प्रतिस्थापन गरेका हुन् । प्राध्यापक फ्लिकरले २१ वर्षसम्म उक्त पद सम्हालेका थिए ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 184 पटक पढिएको
  • सत्ताको सिँढीमा बालेन: तर सडकमै जलिरहेछन् भुइँमान्छेका सपना

    काठमाडौं /  बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ । जहाँ एक २५ वर्षे युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । यो भन्दा तीन वर्ष अगाडि २०७९ माघ ११ गते संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि यसरी नै आत्मदाह गरेका थिए । त्यो बेला तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’तर आज समय फेरिएको छ । हिजो राज्यलाई ‘असफल’ घोषणा गर्न

    • प्रकाशित मितिः असार २६, २०८३
    • 216 पटक पढिएको
  • गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद खरेलको माग

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको मृत्युले आफूहरूलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरे ।उनले भने, ‘असाध्यै धेरै पीडा भयो, भावविह्वल बनायो। गणेश नेपालीको मृत्यु जुन आत्मदाहपछि भयो, यसले हामी सबैलाई स्तब्ध बनाएको छ। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र

    • प्रकाशित मितिः असार २६, २०८३
    • 177 पटक पढिएको
  • आत्महत्याको विषयमा गम्भीर छलफल आवश्यक छ: गणेश कार्की

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केवल औपचारिकतामा सीमित नभई यस्ता घटना दोहोरिन नदिन राज्य र संसदले जिम्मेवारी लिनुपर्ने बताए। ‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।उनले कानुनका कारण समस्या सिर्जना भ

    • प्रकाशित मितिः असार २६, २०८३
    • 225 पटक पढिएको
  • नागरिकलाई निराश बनाउने अवस्था राज्यको असफलता हो: सांसद खातुन

    काठमाडौं / नेकपा एमालेकी सांसद साजिदा खातुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयासपछि भएको मृत्यु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यसको कारण र पृष्ठभूमिप्रति सरकार सचेत हुनुपर्ने बताइन् । उनले नागरिकलाई निराशाको अवस्थामा पुग्न बाध्य बनाउने परिस्थिति सिर्जना हुनुमा राज्यको भूमिका र जिम्मेवारीबारे प्रश्न उठाइन् ।उनले भनिन्, ‘ विरोध त सरकारसँग छ । सबैभन्दा ठूलो कारण हो,

    • प्रकाशित मितिः असार २६, २०८३
    • 190 पटक पढिएको
  • सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण बदलियो? : वर्षमान पुन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्। उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते ९२६ जनवरी २०२३० को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।उनले भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 183 पटक पढिएको
  • झापाको रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको आग्रह

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएको बताएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या थप जटिल बनाएको उल्लेख गरिन् । तीन वर्षअघि नै बजेट विनियोजन भए पनि पुल निर्माण हुन नसकेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।उनले भनिन्, ‘ मेरो झापा क्षेत्र नम्बर २ मा च

    • प्रकाशित मितिः असार २६, २०८३
    • 204 पटक पढिएको
  • गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद महर

    काठमाडौं / नेकपा एमालेका सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।उनले भने, ‘म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बने

    • प्रकाशित मितिः असार २६, २०८३
    • 202 पटक पढिएको
  • राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पु¥याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।‘राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्याएपछि आफ्नो राहदानीसम्बन

    • प्रकाशित मितिः असार २६, २०८३
    • 201 पटक पढिएको
  • गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ: सभापति थापा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् ।थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले लेखेका छन् ।उनले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरेका छन् ।‘यो कुनै राजनी

    • प्रकाशित मितिः असार २६, २०८३
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.